२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

कस्ता ‘महिला’ चाहन्छन् पु’रुष

dailykhabarnp.com

महिला र पु’रुष दुवै उत्तिकै महत्वपूर्ण हुन् । यीमध्ये कुनै एकको अनुपस्थितिमा प्राकृतिक सृष्टि सञ्चालन सम्भव छैन तसर्थ महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । त्यसैले पनि विवाह नामक संस्कार स’म्पन्न गर्ने सनातन परम्परा छ । यसका लागि महिला–पु’रुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लि ङ्गी छनोट गर्छन् ।

यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफूअनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् । श्रीमतीको सौन्दर्यले महत्वपूर्ण अर्थ राख्छन् तर सुन्दरता मात्र सबैथोक भने होइन । यहाँ पुरुषको रोजाइमा कस्ता महिला पर्छन् भन्ने जिज्ञासा शान्त पार्ने प्रयास गरिएको छ ।

श्रीमानका लागि श्रीमतीको सौन्दर्यले महत्वपूर्ण अर्थ राख्छ तर सुन्दरता मात्र सबैथोक भने होइन । श्रीमान्ले श्रीमतीको सौन्दर्यभन्दा बढी अन्य कुरामा ध्यान पुर्‍याएका हुन्छन् । केही विशेष गुण भएका महिलालाई सुन्दरता औसत मात्र भए पनि पुरुषले अत्यधिक रुचाउँछन्
संस्कारस् पुरुषहरू सुन्दरभन्दा संस्कारी महिलालाई रुचाउँछन् ।

संस्कार नभएका तर सुन्दर महिलालाई रुचाइहाले पनि त्यो क्षणिक समयका लागि मात्र हुन्छ । हरेक पुरुषमा आफ्नी श्रीमतीले घरको रीतिरिवाज पालना गरून् र परिवारका आफूभन्दा ठूला सदस्यको सम्मानमा कुनै कसर नराखून् भन्ने चाहना हुन्छ । ठूल्ठूलो स्वरमा कुरा गर्ने, आफूभन्दा ठूलाको अप(मान गर्ने तथा स्वेच्छाचारी महिला कहिल्यै पुरुषको रोजाइमा पर्दैनन् ।

श्रीमती संस्कारी नहुँदा आफूले लज्जित हुनुपर्ने हो कि भन्ने डर पु’रुषको मनमा सदैव रहन्छ । श्रीमान्हरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् । त्यसैले श्रीमान्हरू श्रीमतीको मन सुन्दर होस् भन्ने चाहन्छन् । समझदारस् सामान्यतया पुरुषहरू आफ्नो इसारामा चल्ने सुन्दर श्रीमती चाहन्छन् समझदार होइन भनिन्छ ।

तथापि यो सत्य होइन । पु’रुषहरू समझदार, जिम्मेवारी निर्वाह गर्न सक्ने, हरेक समस्या हल गर्न सक्ने, हरेक निर्णयमा उचित सल्लाह दिन सक्ने श्रीमती चाहन्छन् । मनको सुन्दरतास् पहिलो हेराइमा शा;रीरिक सुन्दरतालाई महत्व दिने श्रीमान्हरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् ।

त्यसैले श्रीमान्हरू श्रीमतीको मन सुन्दर होस् भन्ने चाहन्छन् । सरलता, विनम्रता एवं राम्रो व्यवहारका कारण सबैको मन जित्न सक्ने महिलालाई पुरुषहरूले बढी रुचाउँछन् । झू(टो एवं बनावटी कुरा गर्नेहरूलाई कसैले मन पराउँदैनन् । खाना बनाउन सिपालु श्रीमानलाइ धेरै सुन्दर महिलाभन्दा मीठो खाना बनाउन जान्ने श्रीमतीले सजिलै श्रीमानको मनमा डेरा जमाउँछिन् ।

श्रीमती खाना बनाउन सिपालु भए श्रीमान्ले आफन्त एवं साथीभाइका अगाडि गर्व गर्न सक्छन् । पारिवारिक श्रीमान्हरूको चाहना श्रीमतीले आफैंले जसरी आफ्ना आमाबाबुलाई पनि हृदयदेखि नै रुचाऊन् भन्ने हुन्छ त्यसैगरी घरका अन्य सदस्यलाई पनि उसैगरी प्रेमपूर्ण व्यवहार गरून् र कसैसँग द्वे(ष नलिऊन् भन्ने हुन्छ ।

आफ्नी श्रीमती असल गृहनिर्मातृको भूमिकामा रमाएको हेर्ने चाहना अधिकांश पु’रुषमा पाइन्छ । आदर्श आमा असल श्रीमती एवं बुहारीका साथै आफ्नी श्रीमती सन्तानका लागि असल आमा पनि बनून् भन्ने चाहना हरेक श्रीमान्मा हुन्छ । सन्तानको स्वास्थ्यदेखि लिएर पढाइ–लेखाइको पनि ख्याल राख्दै उनीहरूलाई संस्कारवान् बनाउन लागिपर्ने महिला सदैव पु’रुषहरूको रोजाइमा पर्छन् ।

आपत्तिका बेला हिम्मतपूर्वक काम गर्ने र पु’रुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पु’रुषहरूले असाध्यै रुचाउँछन् ।

२०७८ श्रावण २५, सोमबार प्रकाशित 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार