२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

औद्योगिक क्षेत्रमा भीषण ‘आगलागी’

dailykhabarnp.com

काठमाडौं

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा शुक्रबारदेखि आगलागी भइरहेको छ। राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।

आगो नियन्त्रणका लागी ९ ओटा दमकल प्रयोग गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताए।

प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन।

सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ। अहिले हेलिकप्टर फर्किसकेको छ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो। सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो।

आगो नियन्त्रणका लागी ‘अग्नि नियन्त्रक फोम’ पनि प्रयोग गरिएको छ। आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन। के कारणले गर्दा आगलागी भएको खुल्न सकेको छैन।

२०७८ श्रावण २३, शनिबार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार