२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

BREAKING NEWS – साउदी जान नयाँ व्यवस्था – कसरी भर्ने आवेदन फर्म ?

dailykhabarnp.com

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब जाने कामदारहरुलाई अराइभल रजिष्ट्रेशन फारम भर्न आग्रह गरेको छ ।संघका महासचिव सुजितकुमार श्रेष्ठले एक सूचना जारी गर्दै फारम भर्न आग्रह गरेका हुन् ।

साउदी जाने कामदारले https://muqeem.sa/#/vaccine-registration/home मा गई फारम भर्ने र प्रिन्ट गरी आफैले बोक्नु पर्ने संघले जनाएको छ ।

साथै साउदी अरब जाने कामदारहरुसँग अनिवार्य स्मार्ट मोबाइल फोन हुनु पर्ने र फोनको प्लेस्टोर वा आइएसओमा गई साउदीको कोभिड-१९ केएसए एप डाउनलोड गर्नुपर्ने महासिचव श्रेष्ठले सूचनामार्फत जानकारी दिएका छन् ।

यता हालका दिनमा बैदेशिक रोजगारमा जाने युवाहरूले जोनसोनको खोप नपाएको गुनासो आउन थालेको छ । बैदेशिक रोजगारमा जाने युवाहरुले जोनसोनको खोप नपाउदा समस्यामा परेका छन् ।

सरकारले तोकेको खोप केन्द्रहरुमा धाउदा धाउदा पनि खोप नपाएको गुनासो आउन थालेको छ ।काठमाडौंमा खोप सकिएको हो कि भन्दै छिमेकी जिल्लाहरुमा समेत पुग्न थालेका छन् । तर पनि खोप नपाउदा भने समस्यामा परेका छन् ।]

२०७८ श्रावण २५, सोमबार प्रकाशित 1 Minute 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार