२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

अन्तत – दिपक र दीपाले पुरा गरे आफुहरुको वर्षौ देखिको यस्तो सपना!..

dailykhabarnp.com

हाँस्य कलाकार दीपकराज गिरी र दिपा श्री निरौलाको एउटा सपना थियो । आधुनिक र ठूलो सिनेमा हल खोल्ने । महामारीको समयमा सिनेमा क्षेत्र ठप्प भएको यो समयमा दीपक र दिपाले त्यो सपना पुरा गर्न लागेका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माण गरिरहेका छन् ।

आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने अहिले धमाधम काम भइरहेको छ । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहने छन् । “करिब ९ करोड लगानी हुने उनीहरुले अनुमान गरेका छन् । दीपकसँगै दीपाश्री निरौला तथा ‘छक्का पञ्जा’ ग्रुपको लगानी रहने छ ।

दीपकले सिनेमा हल खोल्ने आफुहरुको पुरानै योजना रहेको बताए । आफै हल बनाउँदा चलचित्रकर्मीलाई सहज होला भन्ने अनुमान उनीहरुले गरेका छन् । महामारीका कारण सिनेमा क्षेत्र ठप्प हुँदा आफुहरुले गरेको कामले अन्य कलाकार र सिनेकर्मीलाई पनि हौसला मिल्ने विश्वास दिपाको छ । निर्माणाधीन महलको माथिल्लो तलमा सिनेमा हल हुने दीपाले बताएकी छन् । साभार गरियको खबर

२०७८ श्रावण ३०, शनिबार प्रकाशित 1 Minute 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार