२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

हार्दिक बधाई – नेपालमै बनेको पहिलो इलेक्ट्रोनिक बाइक चढे ‘कुलमान घिसिङ’

dailykhabarnp.com

नेपालमै बनेको पहिलो इलेक्ट्रोनिक बाइकमा कुलमान घिसिङ ।नेपाली युवाहरुको डिजाइनमा तयार भएको ‘यात्री’ नामक विद्युतीय मोटरसाइकल कम्पनिले बिक्रीको लागि लन्च गरेको छ। सामाजिक सञ्जाल बाट लिइएको ।यस्तो छ नेपाली इन्जिनियरले बनाएको विद्युतीय मोटरसाइकल ‘यात्री’नेपाली युवा इन्जिनियर टोलीले बनाएको विद्युतीय मोटरसाइकल ‘यात्री’ सार्वजनिक भएको छ।

४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियोको स्थापना गरेर मोटरसाइकलको पहिलो परियोजना प्रोजेक्ट जिरोलाई् सार्वजनिक गरेको हो।यसका सम्पुर्ण स्पेयर पार्ट्स नेपालमै डिजाइन गरेर अमेरिका, चाइना, भारत र युरोपेली मुलुकका विभिन्न कम्पनीसँग सहकार्य गरी निर्माण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले जानकारी दिए।

‘हामीले सबै काम आफै गर्यौँ, कतिपय पार्ट्स बनाउन नेपालमै करोडौ लाग्ने प्लान्ट बनाउनु पर्ने भएकोले नेपालमा डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौँ’ उनले भने।साठीको दशकको क्याफे रेसर डिजाइनबाट प्रभावित यस मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीको लागि तयार पारिएको पाण्डेको भनाइ छ।३० किलोवाट ब्याट्री क्षमताको यस मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्ने कम्पनीको दावी छ।

बाइकमा ४० हर्सपावरको शक्ति छ।
बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिसर्चको काम सुरु गरिसकेको थियो भने २०१८मा नेपालको विभिन्न ठाउँ गएर सवारीसाधन र सडकको बारेमा अध्ययन गरेको थियो।

यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यही अनुसार मोटरसाइकल निर्माण गरिएको पाण्डेले जानकारी दिए।यसमा अरु मोटरसाइकलजस्तो मेटल नभई कार्वन फाइवर प्रयोग गरिएकोले आकर्षक हलुका र सुरक्षित रहेको कम्पनीको दावी छ।

यात्री डिजाइन स्टुडियोले पहिलो चरणमा ५० ओटा मोटरसाइकल उत्पादन गर्नेछ। कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छैन।‘हाम्रो डिजाइन विदेशबाट बनाएर ल्याउँदा पनि भन्सार शुल्क लगायतमा खासै सहुलियत रहेनछ। यो नीतिगत समस्या सुल्झिएपछि हामी सकेसम्म थोरै मूल्यमा मोटरसाइकल उपलब्ध गराउछौ,’उनले भने ।

सौरभ ज्योति बने नेपाली इलेक्ट्रिक बाइकको पहिलो ग्राहकज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले नेपालमै बनेको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ बुकिङ गरेका छन्।बिहीबार यात्री मोटरसाइकल सार्वजनिक कार्यक्रममा पुगेका ज्योतिले मोटरसाइकलको पहिलो उत्पादन खरिद गर्ने घोषणा गरेका हुन्।
मोटरसाइकलको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन।

‘नेपाली युवाहरू प्रविधिमा अगाडि बढ्नु ठूलो कुरा हो, त्यसकारण मूल्य थाहा नभएपनि खरिद गरेको हुँ,’ ज्योतीले भने ज्योतिको बुकिङले आफूहरूको हौसला झनै बढेको कम्पनीका संस्थापक अशिम पाण्डेले बताए।

२०७८ श्रावण ३०, शनिबार प्रकाशित 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार