२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

‘निर्मला’ पन्तको घट्ना जस्तो, फेरि घट्यो अर्को घट्ना ! शव यस्तो अवस्थामा भेटियो कृपया ‘rip’ लेख्नुहोला।

dailykhabarnp.com

घरबाट एक साताअघि आफन्तको घर जान भनेर हिँडेकी कृशला आफन्तको घरमा पुगिनन् । तर उनको परिवारले प्रहरीलाई यस घटनाको जानकारी समयमै दिएन । अन्तत कृशलाको शव भेटिएको छ । यसले परिवारलाई शोकमा पुर्‍यएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी ती १६ वर्षीय किशोरीको शव जंगलमा फेला परेको थियो । स्थानीय प्रेमकुमार चौधरीकी १६ वर्षीय छोरी कृशलाको शव स डे को अवस्थामा घर नजिकैको राजदेवी सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

अभिभावकका अनुसार कृशला यही साउन १३ गतेदेखि घरबाटै हराएकी थिइन् । हराएको ६ दिनपछि साउन १९ गते त्यस्तो अवस्थामा स्थानीय जंगलमा शव भेटिएको गौतमले वताए । किशोरीको शवको पहिचान उनका बुवाले गरेका छन् ।

किशोरीमाथि नराम्रो व्यवहार भएको र यसपछि घटना गराइएको आशंका स्थानीयले गरेका छन् । घटना अनुसन्धानका क्रममा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ‘उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी नायव उपरीक्षक गौतमले भने । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।

अभिभावकका अनुसार कृशला घरबाट आफन्तको जान भनेर साउन १३ गते हिँडेकी थिइन् । त्यसपछि बे प त्ता भएकी उनको परिवार र आफन्तले कसैलाई नभनेर आफ्नै तरीकाले खोजी गरेका थिए । सामाजिक प्रतिष्ठामा आँच आउने डरले छोरीको भित्रभित्रै खोजी गरेपनि प्रहरीलाई भने जानकारी नगराएको बुवा प्रेमकुमारको भनाई छ । प्रतिकात्मक तस्वीर

२०७८ श्रावण ३०, शनिबार प्रकाशित 1 Minute 58 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार