२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

हैटीमा शक्तिशाली भूकम्प, ‘३००’ भन्दा बढीको मृत्यु ‘१८’ सयभन्दा बढी घाइते…

dailykhabarnp.com

काठमाडौँ- हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ । भूकम्पपछि भत्किएका कयौँ संरचनामा परेका १८ सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको उल्लेख गर्दै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ । युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर (झन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ । यसअघि हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो ।

उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।

२०७८ श्रावण ३१, आईतवार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार