२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

‘तालिबान’ द्वारा अफगा-निस्तान-भारत सीमापार व्यापार बन्द…

dailykhabarnp.com

एजेन्सी । तालिबानले अफगानिस्तान–भारत सीमापार व्यापार बन्द गराएको छ । तालिबानले अफगानिस्ताको सत्ता कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको हो ।

सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे । फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ)का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो ।

योसँगै लाखौं डलरका सामान आयात–निर्यात रोकिएका छन् । व्यापारका लागि अफगानिस्तान भारतको ठूलो सहयोगी मुलुक थियो । भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी गरेको छ ।

२०७८ भाद्र ३, बिहीबार प्रकाशित 1 Minute 87 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार