२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

‘जन्मिए’ कै २ मिनेट नहुदै रिसाउने शिशु सामाजिक सञ्जालमा भाईरल…

dailykhabarnp.com

जन्मने बितिक्कै रुनुको सट्टा अनौठो अनुहार बनाएर एक नवजात शिशुले सबैलाई चकित पारेकी छिन् ।

शिशुको उक्त तस्विर सामाजिक सञ्जालमा अहिले भाइरल समेत बनेको छ । ब्राजिलको रियो दि जनेइरो अस्पतालमा आमा
डेनी दि जेसस बरबोसाले फेब्रुअरी १३ तारिखका दिन उक्त शिशुलाई जन्म दिईन्।

इसाबेला परेइरा दि जेससलाई अस्पतालका प्रसूती चिकित्सकले फोक्सोले काम गरेको छ/छैन जाँच्न उनलाई रुवाउन खोज्छन्।
तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाइन्।

तस्वीर हेर्दा उनी रिसाएकी जस्तो देखिन्छ। आमा बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो
कुनस्टमानलाई जिम्मा दिएकी थिइन्। रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कैद गरेका थिए।

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी काट्नुअघि नै रुवाउन खोजेका थिए। ‘उनले आँखा उघारेर हेरिन्,
तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने। उनले गम्भीर प्रतिक्रिया देखाइन् र नाभी काटेपछि मात्रै रुन थालिन्।’

२०७८ भाद्र ७, सोमबार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार