२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

के इकुले ‘कलाकारिता’ छोडेका हुन् ? १४ जना छोरा छोरी-को चिन्ताले निदाउन सक्दैनन (भिडियो हेर्नुस)…

dailykhabarnp.com

टेलिश्रृङ्खला मेरी बास्सैमा इकु बनेर चर्चामा आएका आएका कलाकार शुलेमान शंकर इकु अहिले भूकम्प पीडित वालवालिकाको अभिभावक बनेका छन् ।
भूकम्पमा बाबु आमा गुमाएका १४ वालवालिकालाई आश्रय दिएका इकुले जोरपाटी मुलपानीमा स्नेहा आश्रम सञ्चालन गरेका छन् । आफ्नै कमाई र साथीभाईको सहयोगवाट आश्रम सञ्चालन भएको बताए । ‘खास डोनर छैन । आफैले कार्यक्रमवाट कमाएको पैसा र साथीहरुले दिएको खाद्यान्नवाट १४ छोराछोरी पालेको छु’

जिन्दगीमा कसैका लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्नेले इकुले अरु पनि त्यस्तै दुःख पाएका वालवालिका भेटेका छन् । तर, आफ्नो घर नहुँदा धेरै वालवालिका राख्ने सम्भावना नभएको धारणा राख्छन् ‘भाडामा घर लिँदा निकै समस्या हुँदो रहेछ । उनका केहि शुभचिन्तकहरुले आफ्नै टहरो बनाउन सुझाब समेत दिएका छन् । उनको चाहना छ । साथीभाईको सहयोग जुट्यो भने आउदो चैतसम्म एउटा भूकम्प प्रतिरोधी टहरो निर्माण गर्ने । आफ्नै टहरो भएपछि अरु पनि केहि छोराछोरी थप्ने उनको योजना छ । उनको आश्रममा केहि नयाँ गायक र अन्य शुभचिन्तकले जन्मदिन मनाउने, खाने कुरा लगिदिने गरेका छन् वेला बेलामा । यसैबिच शिशिर भण्डारीसँगको कुराकानीमा धेरैको जिज्ञासालाई चिर्दै इकुले आफुले कलाकारिता छोडेको हो भन्ने बिषयमा पैष्ट पार । साथमा चाडवाड नजिकिदै गर्दा आफुलाई छोराछोरीको चिन्ताले सताउने पनि बताए । भिडियो हेर्नुस

२०७८ भाद्र ७, सोमबार प्रकाशित 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार