२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

‘१’ वर्ष देखि गायब भएका युटुबर भाग्य न्यौपाने घरजम गरेर पत्नि-सँग रमाइलो गरिरहेको अवस्थामा फेला परे, को हुन् ति भाग्यमानी युवती जसले – भाग्यकी पत्नि बन्ने सौभाग्य पाइन् ?

dailykhabarnp.com

कर्णालीका कार्यालय निमित्तको भरमा : सुर्खेत, १८ साउन (रासस) ः कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा सकस भएको छ । प्रदेश सरकारले गरेको सङ्गठन तथा व्यवस्थापनअनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई सकस भएको हो ।

सङ्घीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश सरकारले आफ्नै सङ्गठन संरचना निर्माण गरेको थियो । प्रदेश सरकारले निर्माण गरेको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) मा स्वीकृत दरबन्दीअनुसारका कर्मचारी समायोजनमा नआउँदा कर्णाली प्रदेश सरकारलाइ कर्मचारी परिचालन र व्यवस्थापनमा कठिनाइ हुँदै आएको हो । बजेट कार्यान्वयन तथा प्रदेश सरकारको सेवा प्रवाहमा नेपाल सरकारका कर्मचारीको सहयोग लिँदै आएको छ ।

प्रदेश लोकसेवा आयोगको छुट्टै कार्यालय स्थापना गरेको कर्णाली प्रदेश सरकारले अहिलेसम्म प्रदेश लोकसेवा तथा निजामती ऐन पारित गर्न सकेको छैन । प्रदेश निजामती ऐनको टुङ्गो नलाग्दा कर्णाली प्रदेशका अधिकांश कार्यालय लामो समयदेखि निमित्तका भरमा सञ्चालन हुँदै आएका छन् । कर्णाली प्रदेश सरकारका केही मन्त्रालय, आयोग तथा प्रदेश मातहतका कार्यालय दरबन्दीअनुसारका प्रमुख नहुँदा निमित्तका भरमा सञ्चालन हुँदै आएका हुन् ।

हाल प्रदेश सरकारका विभिन्न ८० कार्यालय निमित्तका भरमा रहेका बताइएको छ । निमित्तका भरमा सञ्चालन हुनेमा ऊर्जा विकास तथा जलस्रोत मन्त्रालय पनि हो । त्यस्तै योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश सुशासन केन्द्रमा पनि सङ्गठनात्मक ढाँचाबमोजिमका दरबन्दीमा कर्मचारी छैनन् ।

२०७८ भाद्र ७, सोमबार प्रकाशित 1 Minute 446 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार