२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

‘क्याम्पस’ पढ्दा लागेको ऋण तिर्न – नसकेर साउदी रोजेका इन्जिनियर दाजु-भाइको कथा…

dailykhabarnp.com

काठमाडौं / रातको तीन बज्दै थियो । आँखाले देखेसम्म युवाहरुको परैसम्म ठूलो लाम देखिन्छ । त्यही भीडमा का’लो माक्स लगाएका एक युवा सडकमा उभिएका छन्, त्यसै साढे चार फिटका ।

वर्षा बर्सिरहेको छ, उनी भिजेरै लाममा छन् बिहानी प्रतीक्षालयमा । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको गेटअघि उनी उभिरहेका थिए । हामी पनि उनकै नजिकमा पुग्यौं ।

तपाईंको शुभ नाम ?

विवेक कुमार राउत ।

घर कहाँ पर्यो ?

जनकपुर नजिकैको फुलगम्मा गाउँ

किन लाइन बस्नु भएको ?

भाइलाई विदेश पठाउनुछ । त्यसका लागि खोप लगाएको प्रमाण पत्र चाहिन्छ । त्यही लिन उभिरहेका छौं । एक हप्ता पहिले यस्तो कागज मैले लिइसके’

तपाईं दुवै दाजुभाइले कति पढ्नु भएको छ ?

म चाहिँ सिभिल इन्जिनियर अनि भाइ बबलु इलेक्ट्रिकल ओभरसियर।

तपाईंहरुको पढाइमा कति खर्च भयो ?

१०-१२ लाख ।

यत्रो रकम कहाँबाट ल्याउनुभयो ?

बुवा (राधेश्याम)ले १२ कठ्ठा जति खेत बेच्नु भयो, आमाले नाक र कानको सुनको गहना रित्याउनुभयो । हामी पढ्दाको अझैं ५-६ लाख ऋण छ।

देशमै रोजगारी खोज्नु भएन ?

दुई वर्षसम्म खोजेको नि । तर, तीन महिना सितैमा काम गर भन्छ । त्यसपछि १०–१५ हजार तलब दिन्छु भन्छ । त्यसको पनि टुंगो छैन । चार–पाँच वर्ष लगाएर लोकसेवाको तयारी गरौं नाम निस्किन्छ कि निस्किदैन, ठेगान भएन । तबसम्म कसरी बाच्ने ? विदेश जाने मजबुरी भयो ।

हजारौं युवा दैनिक खाडीमुलुक पसिरहेका छन् दाम र मामको खोजीमा । विदेश उड्नेहरु कमैसँग सीप छ । तर, त्यो भीडभन्दा दाजुभाइ विवेश र बबलु निकै टाढा छन् । उनीहरुसँग ज्ञान र सीप छ । तर, देशमै रोजगारी नपाएपछि उनीहरु विदेशिन लगेका हुन् ।

रातभरी सडकमा रुझेर खोप लगाएको प्रमाण पत्र लिएर मंगलबार बिहान ७:४५ बजे प्लेनमा साउदी उडेका छन् । विवेक २०–२५ दिनपछि उड्ने तर्खरमा छन् । खोप लगाएको क्यूआरकोडसहितको प्रमाणपत्र, मेडिकल लगाएर उनी भीसा कुरिरहेका छन् । भीसा आएपछि उनी पनि स्वदेशबाट विदेश हानिनेछन् दुई छाक माम जुटाउन ।

‘भाइलाई विदेश पठाउन गाउँमा सैकडा ३ रुपैयाँमा १ लाख २० हजार ऋण लिएको छु,’विवेक भन्छन्,‘साउदी जान म पनि कर्जा खोज्दै छु ।’ विदेशलाई श्रम बेच्ने जिल्लाको सूचीमा महोत्तरी र धनुषाको नाम शीर्षस्थानमा छ ।

कुर्ता,पाइजामा र थोत्रो चप्पल लगाएर टेकुको सडकै पालो कुर्दै थिए सर्लाहीको मलंगवा–६ खुटोनाका ३३ वर्षीय अहमद अजगर । उनी १० वर्षसम्म बिरानो भूमिमा पसिना बगाएर १९ महिनाअघि फर्किएका थिए, अब अरुको देशमा पाइला नटेक्ने भनेर ।

तर, उनी फेरि विदेश जाने युवाहरुको लाममा छन् । ‘जो विदेशबाट आउँछ उसलाई ऋण दिएर स्वदेशमै काम गर्ने अवसर दिन्छौं,’ सरकारले दिएको नाराबारे उनले भने,‘बैंकमा तीन पटक ऋण लिन गएँ । जग्गाको लालपुर्जा धितो राख्न भन्छ, लालपुर्जा नै छैन कहाँबाट उसलाई दिउँ ।’

बिनाधितो कर्जा दिने सरकारको हल्ला मात्रै रहेको उनीले आ’क्रोश पो’खे । ‘विदेशीले त छप्प’ड दिन्छ दिन्छ, आफ्नै देशमा जा’बो एउटा प्रमाणका लागि सडकमा सुत्नुपर्छ,’उनले पी’डा पो’खे,‘सरकारले त हामीलाई एक प्रकारले ला’त नै हा’निरहेको छ ।’

वर्षाले भिजिएर खोकी रहेका उना अनुहारबाट चमक हराएको देखिन्थयो । ‘चुनाव आयो कि नेताहरु हात जोड्दै दैलोमा पुग्छन् । भोट दिनुस् तपाईंको सबै समस्या हामी हल गछौं, ‘उनले भने,‘तर जितेपछि फर्केर हेर्दैनन्।’

सरकारसँग राम्रो सिस्टम छ । ढुकुटीमा धेरै रकम छ । तर, नेताहरुले त्यो नियम का’नुन र रुपैयाँ सबै गोलमाल गरिहेको उनले वर्णन गरे ।‘हाम्रो जस्तै नेताहरुको खुट्टामा चप्पल थियो, ‘अहमद भन्छन्,‘तर, अहिले उनीहरु ठूला कार र महलमा बस्छन् । हाम्रो जीवन जस्ताकै त्यस्तै छ ।’ राजकरण महतो / रविन भट्टराई ; अ’न्नपूर्ण पो’ष्टबाट ।

२०७८ भाद्र ८, मंगलवार प्रकाशित 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार