२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

‘काठमाडौं’ मा घरको तीन तला माथि-बाट खसेर युवकको मृत्यु

dailykhabarnp.com

भदौ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा तीन तला माथिबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरी घर भएका २८ वर्षीय सञ्जीव महर्जन छन् ।

मंगलबार राति महर्जनको खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । मामा नाता पर्ने विनोद जोशीको घरमा गएको अवस्थामा खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै प्रहरीले विभिन्न वन्यजन्तुको आखेटोपहारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार घर भएका ६५ वर्षीय सोनाम तामाङ रहेका छन् ।

काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले जाँच गर्ने क्रममा विभिन्न वन्यजन्तुको आखेटोपहारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट २ थान हुचिलको खुट्टा जस्तो देखिने वस्तु, २ थान हुचिलको पञ्जा जस्तो देखिने बस्तु, २ थान हाल एकिन हुन नसकेको हड्डी, ४ सय ग्राम एकिन हुन नसकेको जनावरको सुकुटी, ३ थान शंख जस्तो देखिने वस्तु, १ थान सेतो टल्कने ढुङ्गा र नगद ४० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागि पुरातत्व विभाग रामसाहपथ तथा तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७८ भाद्र ९, बुधबार प्रकाशित 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार