२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

सोच्दै नसोचेको भयो… प्रहरीलाई भ्यान,भित्रै लात्ताले हाने, त्यसपछी के गरे…

dailykhabarnp.com

काठमाडौं, भदौ ९ – नेपालमा थुनुवालाई कुनै ठाउँमा स्थानान्तरण गर्दा उनीहरु भाग्ने गरेको खबर सार्वजनिक हुनु सामान्यजस्तै भइसकेको छ। प्रहरीकै पञ्जाबाट थुनुवाहरु सजिलै उम्किन्छन् र उनीहरुलाई खोज्न फेरि प्रहरीलाई नै सास्ती हुन्छ।

यसैबीच प्रहरीलाई लात्ताले हानेर जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन्। पूर्पक्षका लागि जिल्ला कारागार ल्याउने क्रममा प्रहरीलाई लात्ताले हानेर काभ्रे महाभार ६ का सुनिल बाइवा फरार भएका हुन्।

उनी चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयले बाइवा फरार भएको स्वीकार गरेको छ। प्रहरीका अनुसार उनले पानी प्यास लागेको बताएका थिए।

पानी खान दिँदा हतकडी टाइट भयो लुज गर्दिनुस् भनेपछि प्रहरीले लुज गर्न खोज्दा लात्ताले हानेर उनी फरार भएका हुन्। उनको खोजी तिब्र पारिएको काभ्रे प्रहरीले बताएको छ।

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित 1 Minute 462 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार