२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

कतार ‘प्रहरी’ मा १० हजार नेपालीलाई रो’जगारी, सम्पर्कका लागि कहाँ जाने – पूरा पढि जानकारि लिनुहाेस्…

dailykhabarnp.com

वैदेशिक रोजगारीका लागि विदेश जाने पर्खाइमा रहेका युवाहरुका लागि अवसरको ढोका खुलेको छ ।कतारमा प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरु भएसंगै अवसरको ढोका खुलेको हो ।

श्र’म, रो’जगार तथा सामाजिक सु’रक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएको छ ।दूतावासले राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा।लि।

बाट पेश भएको उक्त माग पत्र प्रमाणीकरण गरेको दूतावासले जनाएको छ । उक्त मागपत्र आइतबार नै अनलाइन मार्फÞत ताहचलस्थित बैदेशिक रो’जगार कार्यालयीन पेश भएको र सो मागपत्रले पूर्व स्वीकृति पाएको पनि मन्त्रालयको श्रोतले जनाएको छ ।

कतारले कम्तीमा ६ हजार रि’याल तलव पाउने गरी करिब १० हजार नेपाली कतार प्रहरीको सहयोगीका रुपमा भर्ना गर्न चाहेको सार्वजनिक भएको छ ।

यसअघि सरकारको अनुमति बिना गत फागुनमा पनि केही म्यानपावर कम्पनीहरुले
ठूलो रकम उठाएर का’मदार छनोट गर्न अन्तर्वार्ता गरेको विषय बि’बादमा आएको थियो ।

अहिले पनि राजधानीमा कतार प्रहरीमा रो’जगारी लगाउने भन्दै च’लखेल शुरु भएको छ । राजधानीमा रहेका अत्यन्त सीमित
म्यानपावर कम्पनीले मात्र मागपत्र प्रमाणीकरण गरी पूर्व स्वीकृति लिने बुझिएपनि राजधानीका केही म्यानपावर कम्पनी र उनीहरुद्वारा निर्देशित केही अवैधानिक एजेन्टहरु डिमाण्ड नभएपनि पार्टी प्यालेस बुक गरी भविष्यमा डिमाण्ड आउने आ’श्वासनका भरमा अन्तर्वार्ता गराउन शुरु गरेका छन् ।

आइतबार गोंगबु क्षेत्रमा अन्तर्वार्ता दिएका मकवानपुरका रमेश घलानले चिनजानका एजेन्टको आ’श्वासनमा विश्वस्त भई अन्तर्वार्ता दिएको र उनले हाल डिमाण्ड नभएपनि दशैं अगाडि नै डिमाण्ड आउने आ’श्वासन दिएको बताए ।

२०७८ भाद्र २३, बुधबार प्रकाशित 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार