२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

EXCLUSIVE: ‘गुम्बा; मा धर्मगुरुको अनैतिक हर्कत, युवतीहरुलाई छानी छानी बला’त्कार [भिडियो]

dailykhabarnp.com

रातो, पहेँलो, सेतो, निलो, खैरो, हरियो रङ मिश्रित ध्वजा फरफराइरहेको भवन पनि त्यसै गरी रङले सजाइएको। बुद्धका ठूला मुर्तिहरु, बुद्धका अनुयायीहरु रातो गेरुवा धारण गरी पूजा पाठ र ध्यानमा मग्न रहेको दृश्य। सुन्दर अनि मनमोहक पनि। मानिसको मष्तिष्कमा, गुम्बाको नाम लिने वित्तिकै यस्तै दृश्य बन्ने गर्छ।

त्यहाँ पुग्दा आनन्द महसुश पनि हुन्छ। गुम्बामा पुगी पूजा पाठ, ध्यान र दर्शन गर्दा पवित्रता प्राप्त हुने विश्वास गरिन्छ। तर काठमाडौंकै एउटा गुम्बामा पूजा पाठभन्दा पनि त्यहाँ हुने अनैतिक गतिविधिले बौद्ध धर्मवलम्बीहरुलाई निरास पारेका छन्।

गुम्बामा रहेको अन्य युवतीहरु पनि पीडित रहेको एक भिडियो सार्वजनिक भएको छ। त्यो गुम्बामा ६ जनाभन्दा बढी युवतीहरु रहेको पाइएको छ। ती सबैलाई यौन शोषण गर्ने गरेको समेत खुलेको छ।

५ मंसिर २०७४ मा दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल, बोसनमा रहेको एक गुम्बाबाट कथित धर्म गुरु पक्राउ परे। सिन्धुली कुसेश्वर दुम्जाका ५९ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा पक्राउ परे।

पेमा टासी छुल्ठिम घोम्बो कासुङ नामको गुम्बा सञ्चालक उनीविरुद्धको मुद्दा हालः सर्वोच्च अदालतमा विचराधीन अवस्थामा छ। गुम्बामै रहेकी महिलालाई जबरजस्ती करणी गरेको र ती युवतीका तस्बिरहरु सामाजिक सञ्जालमा राखेको भन्दै विद्युतीय कारोबारअन्तर्गत कसूर गरेको आरोपमा उनीमाथि अदालतमा मुद्दा रहेको छ।

काठमाडौं जिल्ला अदालतले यसअघि जबरजस्ती करणी मुद्दामा सफाइ दिइए पनि उनी विद्यतीय कारोबार मुद्दामा दोषी ठहरिए। त्यसपछि पाटन उच्च अदालतले दुबै मुद्दामा दोषी ठहर गरिदियो। उनलाई ७ वर्ष कैद र पीडितलाई ३० लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिइयो।

उनले धर्मको आडमा विभिन्न महिलाहरुलाई आफू अवतारी लामा भएको दशौँ पुस्तासम्म एउटै कुलमा जन्मेको जन्मजात अवतारी लामा भएको भन्ने स्वघोषित गुरु भन्थे।

जुनसुकै रोग पनि निको पार्नसक्ने आफूसँग दैवी शक्ति रहेको भ्रममा पारी उपचार गर्न आउने महिलाहरुलाई विश्वासमा परी, डर त्रास तथा अनुचित प्रभावमा पारी यौन शोषणसमेत गर्ने गरेको उनीमाथि आरोप लागेको छ। उनीविरुद्ध एक युवतीले आफूलाई ९ वर्षसम्म गुम्बामा राखी उपचारको नाममा पटक पटक जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।

उनीमात्रै होइनन्। त्यो गुम्बामा रहेको अन्य युवतीहरु पनि पीडित रहेको एक भिडियो तथ्य नेपालन्युजले फेला पारेको छ। त्यो गुम्बामा ६ जनाभन्दा बढी युवतीहरु रहेको पाइएको छ। ती सबैलाई यौन शोषण गर्ने गरेको समेत खुलेको छ।

भिडियो दृश्यले भन्छ-

यहाँ कथित गुरुबाट पीडित एक युवती महिलाको सम्पर्कमा आउँछे। र गुरुबाट आफू पीडित बनेको बेलिविस्तार सुनाउँछिन्। उनी आफू गुम्बामा उपचारको लागि गुरुको सम्पर्कमा पुगेको र आफूलाई १६ वर्षको उमेरमा गुरुले यौन शोषण गरेको बताएकी छन्। यहाँ अर्की पीडित भन्नाले सर्वोच्च अदालतमा विचराधीन मुद्दाका पीडित युवती हुन्। जसलाई हामीले ‘बीप’ गरेका छौं। पीडित र ती महिलाको परिचय गोप्य राखिएको छ।

भिडियो हेर्नुस्:

 

२०७८ भाद्र २३, बुधबार प्रकाशित 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार