२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

विदेश’बाट छोरा आएप,छि गरियो अन्त्येष्टि, नरुने कोहि थिएनन् (भिडियो सहित)-सङ्खुवासभा…

dailykhabarnp.com

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा भएको घट्’नामा परेका परिवारको दा’हसं’स्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ ।
सोमबार बिहान त्यो अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घा’टमा अ’न्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए ।

बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएपछि बूढीखोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताए । शव अन्त्येष्टिका लागि तेजबहादुर कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आएका थिए ।

अन्त्येष्टिका लागि नेपाल आएका छोराले आफ्नो परिवारको यो अवस्था देख्दा सम्हालिन नै सकेका थिएनन । अन्तिम संस्कारमा उपस्थित भएका आफन्त र सर्वसाधारण पनि नरुने कोहि थिएनन् ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, छोरा ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ ‘त्या भएको थियो ।

घ’टनाको थप अनुसन्धान गरिँदै: घ’टनाको थप अनुसन्धान गर्ने प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसी सा’मूहि’क ह’ ‘त्या भएको घटनास्थलमादी–१ खोलागाउँमा पुग्नुभएको छ ।

घटना र’हस्य’मयी भएको भन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी आइपुग्नुभएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको जानकारी लिएका छन् ।

अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउन प्रहरीको सक्रिय रुपमा लागेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनि आफैँले अनुसन्धानको नेतृत्व लिएपछि घ’टनामा चाँडै सफलता प्राप्त हुने अपेक्षा गरिएको छ ।

गाउँ शोकमा: परिवारै स’खाप बनाएको घट’नापछि मादी–१ उम्लिङ खोलागाउँ शो’कमा डु’बेको छ । अहिलेसम्म अ’पराधी पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीयवासी रणबहादुर कार्की बताउनुभयो । घ’टना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए ।

घ’टनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीयवासी कार्कीको भनाइ छ ।

तालिम प्राप्त कुकुरले समेत पत्ता लगाउन नसक्दा अझै र’हस्य’मय भएको बताएका छन् । प्रहरीले घटनाका बारेमा कुनै नयाँ स’ङ्केत फेला नपारेको स्थानीयवासीले बताएका छन् ।

२०७८ भाद्र २५, शुक्रबार प्रकाशित 1 Minute 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार