२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

फेरी अस्ताए अर्का – बरिष्ठ मुटु रोग ‘विशेषज्ञ डाक्टर’ बिकास , स्वास्थ्य क्षेत्रमा ठुलो क्षति दया हुनेले मात्र rip लेख्नुहोस…

dailykhabarnp.com

। आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा नि’धन डा. सुवेदी सञ्चालक एवं निर्देशक रहेको कोटेश्वरस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालको व्यवस्थापन हेरिरहेका चिकित्सक डा. अमृत भुसालले उनको हिजो राति ११:५७ मा ह्याम्स अस्पतालमा नि’धन भएको पुष्टि गरे । हो ।डा. सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको गौत

अहिले साउन महिना चलिरहेको छ। साउन महिनामा भगवान शिवको विशेष कृपा प्राप्त गर्नको लागि भोलेनाथको पूजा-आराधना गरिन्छ। साउनको सोमबार व्रत बस्दा कन्याले मनचाह वर प्राप्त गर्छन् भन्ने व् विश्वास रहेको छ।

त्यस्तै, भगवान शिवको पूजा गर्नाले स्वास्थ्य तथा आरोग्यको वरदान प्राप्त हुन्छ। साउन महिनामा व्रत बस्ने मानिसले केहि विशेष नियमको पालना गर्नुपर्छ। यस्तो अवस्थामा यदि तपाईं पनि साउनमा व्रत राख्न चाहनुहुन्छ भने यी नियमहरु पालना गर्नुहोस्। यदि तपाईं साउनको उपवास राख्दै हुनुहुन्छ भने बिहान उठेर नुहाउनुहोस् र नियम अनुसार पूजा गर्नुहोस्।

धर्मशास्त्रका अनुसार भगवान शिवको पूजा गर्दा बेसार प्रयोग गर्नु हुँदैन। भगवान शिवको पूजामा भांग, धतुरो, बेलपत्र, सेतो फूल, मह, फलफूल आदि अर्पण गर्न सकिन्छ। साउनको महिनामा मासु तथा मादक पदार्थको सेवन गर्नु हुँदैन। यदि तपाईं व्रत राख्न चाहनुहुन्छ भने भुलेर पनि यी चीजको सेवन गर्नु हुँदैन।

यसो गर्नाले भगवान शिव रुष्ट हुन्छन्। साउन महिनामा सात्विक भोजन मात्र सेवन गर्नुपर्छ। यस अवधिमा मुला, भान्टा, लसुन,प्याज जस्ता चीजको सेवन गर्नु हुँदैन। साउनको व्रत राख्ने मानिसले कालो कपडा धारण गर्नु हुँदैन। धर्मशास्त्रका अनुसार उपवासको बेला कालो लुगा लगाउँदा नकारात्मक उर्जा आउँछ।

विश्वास अनुसार उपवास राख्दा हरेक नियमहरुको पालना गर्नुपर्छ। यस समयमा शारीरिक सम्बन्ध राख्नु हुँदैन। धार्मिक पुराण अनुसार उपवासको समयमा दिनमा सुत्न हुँदैन। यसको सट्टा तपाई भगवान शिवको भजन-कीर्तन गर्न सक्नुहुन्छ। धार्मिक मान्यता अनुसार महिलाहरुले शिवलिंग छुनु हुँदैन।

शिवलिंगको स्पर्श गर्नाले माता पार्वती रुष्ट हुन्छिन् भन्ने विश्वास रहिआएको छ। त्यसकारण महिलाले शिवलिंगलाई छुनु हुँदैन। यसको मतलब यो होइन कि महिलाहरू शिवलिंगको पूजा गर्न सक्दैनन्। साउन महिनामा व्रत राख्ने मानिस सधैं सफा सुग्गर भएर बस्नु पर्छ।

उपवासको समयमा सफा लुगा लगाउनुहोस्। साथ, यो समयमा कपाल पनि काट्नु हुँदैन। यदि तपाईं साउनको उपवास राख्दा शिव कावच वा शिव चालिसाको पाठ गर्दै हुनुहुन्छ भने, उक्त समयमा कुनै पनि दोस्रो व्यक्तिसँग कुरा नगर्नुहोस्।

२०७८ भाद्र २५, शुक्रबार प्रकाशित 1 Minute 591 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार