२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

एकमुखे ‘रुद्राक्ष’ र हनुमाने सिक्का देख्ने बितिकै पनि हाम्रो भाग्य बद्लिने छ, हेला नगरी सेयर गरौं…

dailykhabarnp.com

एकमुखे रुद्राक्ष र हनुमाने सिक्का देख्ने बितिकै पनि हाम्रो भाग्य बद्लिने छ, हेला नगरी सेयर गरौं नत्र अनिष्ट होला

परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

***
विमान चार्टर्ड गरेर कोरोना खोप लगाउन काठमाडौंदेखि अमेरिका पुग्ने महान नेपालीहरु !

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि विश्वका धेरै मुलुकबाट खोप लगाउनकै लागि जाने क्रम बढेको छ ।

नेपालमा पनि खोपको उपलब्धता अनिश्चित भएका कारण सामर्थ्य भएका नेपालीहरु अमेरिका जाने क्रम बढ्न थालेको ट्राभल व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुका अनुसार लकडाउनकै अवधिमा पनि चार्टर्ड फ्लाइटबाट गएका थिए । दुई सातायता कतार र टर्किस एयरवेजमार्फत पनि अमेरिका गइरहेका छन् ।

‘पाँच वर्षे मल्टिपल इन्ट्री भिसा लिएर बसेका व्यवसायी, अमेरिकामा छोराछोरी भएका बाबुआमाहरु खोप लगाउनकै लागि अमेरिका गइरहेका छन्,’ चार्टड उडानको काम गरिरहेका एक पर्यटन व्यवसायी भन्छन्, ‘हामीले टिकट बनाइदिने धेरै यात्रुको उद्देश्य खोप लगाउनु नै भएको पाएका छौं ।’

महामारीका बेला यात्रा गर्नु जोखिमपूर्ण मानिन्छ । तर खोप लगाउन पाइने भएकाले मानिसहरु जोखिम मोलेरै अमेरिका जाने गरेको ती व्यवसायी बताउँछन् ।

व्यवसायीहरुका अनुसार दोस्रो चरणको लकडाउन सुरु हुनै लाग्दा छोराछोरी अमेरिका भएका अभिभावकहरु खोप लगाउने उद्देश्यले अमेरिका जाने क्रम सुरु भएको थियो । यसरी जानेमा नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरु पनि छन् । अमेरिकामा एक डोज मात्रै लगाए पुग्ने खोपहरु सहजै उपलब्ध हुने भएकाले परिवारका सदस्य पनि भेट्न पाइने र खोप पनि लगाउन पाइने लोभमा उनीहरुको यात्रा हुन थालेको पाइएको छ ।

नेपालमा दोस्रो लहरको संक्रमण उच्चविन्दुमा पुग्दा अस्पताल र अक्सिजनसमेत नपाउने अवस्था भएपछि जेष्ठ नागरिकहरु खोपप्रति आकर्षित भएका पाइएको छ ।

लकडाउन सुरु भएसँगै काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा सेक्सन बन्द गरेको थियो । यसले नयाँ भिसा जारी हुन सकेको छैन । तर अमेरिकाको आवासीय भिसा लिएका मानिसहरु कतार एयरवेजले सञ्चालन गरेका चार्टड उडानमार्फत गएका थिए ।

जुन महिनाको सुरुदेखि सरकारले कतार एयरवेज र टर्किस एयरलाइन्सलाई नियमित उडान भर्न अनुमति दिएपछि पर्यटक भिसा लिएकाहरु पनि खोप लगाउन अमेरिका जान थालेका हुन् ।

हालै न्यूयोर्क पुगेका एक नेपालीले अनलाइनखबरसँग भने, ‘यहाँ आउन खोप लगाएको हुनुपर्ने सर्त छैन र एयरपोर्टमै खोप लगाउन पनि पाइने रहेछ ।’

वैशाख १६ गते लकडाउन सुरु भएयता कतार एयरवेजले काठमाडौंबाट १२ वटा चाटर्ड फ्लाइट गरेको छ भने २ वटा मात्र सेड्युल फ्लाइट गरेको छ । यस्तै टर्किस एयरवेजले ६ वटा चाटर्ड र ४ वटा सेड्युल फ्लाइट गरेको छ ।

२०७८ भाद्र २६, शनिबार प्रकाशित 1 Minute 803 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार