२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

भक्तपुर’को सल्ला;घारीवाट कार चालक पक्राउ ! चेकिङमा खटि’एका ट्राफिकलाईनै यस्तो गरेछन…

dailykhabarnp.com

भक्तपुर, भाद्र २९ । मादक पदार्थ सेवन (मापसे)को प्रयोग गरेर ड्युटीमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारी रहेका छन् ।

उनलाई सोमबार राति सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरीको संयुक्त प्रहरी टोलीले मापसे जाँच गर्न खोज्दा विवाद बढेको थियो ।

विवादमा अधिकारीले ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई अभद्र व्यवहार गरेका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै, बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१५ घर भई काठमाडौंको गोल्फुटारमा बस्ने २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सुन्दरीजलबाट पक्राउ गरेको हो ।

उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनको गत चैत ८ गतेको फैसलाले सात दिन कैद सजाय र सात लाख रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका सुन्दासलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

more news below-

२०७८ भाद्र ३०, बुधबार प्रकाशित 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार