२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

चार महिना’देखि बेपत्ता पुजन राई’को बुलेट बाइक भोटेको’शीमा भेटियो…

dailykhabarnp.com

चार महिनाअघि बेपत्ता भएका पुजन राईको बुलेट मोटरसाइकल र एउटा जुत्ता फेला परेको छ। गत कात्तिक २७ गते भोजपुर हतुवागढी गाउँपालिका-६का २५ वर्षीय पुजन राई ‘रहस्यमय’ ढंगले बेपत्ता भएका थिए।

उनको को २१प ५७९९ नम्बरको बुलेट मोटरसाइकल बुधबार बिहान बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोशी नदीमा भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।
उनको एउटा जुत्ता पनि प्रहरीले फेला पारेको हो। भोटेकोशीमा माछा मार्न गएका व्यक्तिहरूले बाइक जस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

पुजन राईकै हुनसक्ने आशंकामा प्रहरीले उनको परिवारलाई बोलाएर बाइक निकालेको थियो। उनको बाइक अरनिको राजमार्गबाट अन्दाजी ३७ फिट तल भेटिएको हो। सिन्धुपालचोक प्रहरी स्रोतका अनुसार बाइक भेटाएको ठाउँमा आधाभन्दा बढी भाग पिच भासिएको छ। त्यसैले उनी सोही ठाउँमा खसेको हुनसक्ने अनुमान प्रहरीको छ। बाइकमा चाबी पनि भित्रै रहेको प्रहरीले जनाएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा बसोबास रहेको उनका परिवारका अनुसार पुजन सिन्धुपाल्चोक बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक थिए। पुजन त्यहाँ काम गर्न थालेको ९ महिना पुग्दैथियो। उनी अस्थायी दरबन्दीमा काम गरिरहेका थिए।

पुजनको खोजी गर्न आफन्तले बाह्रबिसे प्रहरी, सिन्धुपाल्चोक प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइसकेका छन्। सोही शिलशिलामा उनीहरूले फागुन १५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका थिए।
अहिले यस घटनाको अनुसन्धान सिआइबी र जिल्ला प्रहरी कार्यालयको टोलीले गरिरहेको छ।

more news below-

२०७८ आश्विन २, शनिबार प्रकाशित 1 Minute 326 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार