२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

ट्युम’रको शल्यक्रि;यापछि पेलेको स्वा.स्थ्यमा सुधार…

dailykhabarnp.com

एजेन्सी । ठूलो आन्द्राभित्रबाट ट्युमर हटाउन गरिएको शल्यक्रियापछि ब्राजिलका पूर्व पुटबल खेलाडी उड्सन आरान्तेस दो नासिमेन्तो (पेले) को स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी केलीले शनिबार जानकारी गराउनुभएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले शताब्दी–खेलाडीको उपाधिद्वारा सम्मानित ८० बर्षीय पेलेलार्ई फेरि सघन उपचार कक्षमा भर्ना गरिएको रिपोर्टहरूपछि आएका अफबाहलाई सम्बोधन गर्न छोरी केलीले अस्पतालको ओछ्यानमा बसिरहेका आफ्नो बुबाको फोटो सामाजिक सञ्जालमा पोस्ट गनुभएको हो

नासिमेन्तोले लेख्नुभयो, “मलाई थाहा छैन कि यहाँ के हल्ला चलिरहेको छ तर मेरा सपनाहरू फस्टाइरहेको छन् ।” आजभोलि संसारमा धेरै चिन्ता छाएको छ र हामी अझ बढी चिन्ताको कारण बन्न चाहँदैनौं । यो फोटो अहिले नै खिचिएको हो ।

“उहाँ निको हुँदैहुनुहुन्छ । उहाँलाई चिकित्सकको निगरानीमा राखिएको छ ।” नियमित परीक्षणको दौडान ट्युमर फेला परेपछि पेलेको सेप्टेम्बर ४ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

उहाँलाई मंगलबारको सघन उपचार कक्षबाट सामान्य शै्ययामा सारिएको छ । तीन पटकको विश्वकप विजेता पेलेले कम्मरको शल्यक्रियाका साथै मिर्गौला र प्रोस्टेटको अवस्थासम्बन्धी एकपछि अर्को स्वास्थ्य समस्याहरूसँग सङ्घर्ष गर्दै आउनुभएको छ ।

more news below-

२०७८ आश्विन ३, आईतवार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार