२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

हाकि’मले सोधे “किन ढिला आए;को , जागिरको माया छैन ?” तर अचम्म’को जवाफ पाएपछि …

dailykhabarnp.com

एक जना जुनियर कर्मचारी आफिसमा ढिलो पुग्यो। हाकिमले आफ्नो कार्यलायमा बोलाएर सोध्यो, “किन ढिला आएको ?, जागिरको माया छैन ?” कर्मचारीले जवाफ दियो,” म एउटा महत्वपूर्ण काम गर्दै थिएँ, हजुर । “के काम ?” हाकिम जङियो। “म घरबाट अफिसको लागि निस्कदै थिए, पिढिँमा छोपी राखेको पोथिले अन्डा पार्दै रहेछ, त्यही हेर्न लागेको, अलि ढिलो भयो।” हाकिमको पारा चढ्यो, उ करायो, ” नचाहिदो कुरा गर्ने? कुखुराले अन्डा पार्नु कुन ठुलो काम भयो? वाहियात! ” “ठूलो काम नभए, हजुरले अन्डा पारेर देखाउनुस त।”कर्मचारिले मुखैमा जवाफ दियो।

प्रसङ्ग कामको हो। काम कहिले सानो वा ठुलो हुदैन। सबैले गर्ने कामको आफ्नै महत्व छ। अझै गहिरेर हेर्ने हो भने, जुन कामलाई हामी सानो काम भन्छौ, त्यो काम हाम्रो समाजको लागि झनै महत्व राख्छ। जस्तो, जुत्ता बनाउने- सार्किको काम, कपडा सिलाउने- दमैको काम, औजार बनाउने- कामि, फोहोर सफा गर्ने- च्यामे। ब्राह्मण, क्षेत्रि नभए पनि समाज चल्थ्यो होला तर कामी, दमाई, सार्की लागाएतका श्रम गर्नेहरु नभएको समाजको परिकल्पना पनि गर्न सकिँदैन। तर हामिले हजारौ बर्ष देखि यी श्रमिक जातिहरुलाइ पानि नचल्ने तल्लो जात भनेर चित्रित गरेका छौ। हाम्रो समाजमा जस्ले मेहनतको काम गर्छ, उसलाइ सानो सम्झिने प्रचलन छ। यो हाम्रो वर्ण ब्यबस्थाको दुर्भाग्य पनि हो। हामिले यसैलाइ आधुनिक युगमा पनि, आधुनिक तरिकाले बोकेर आएका छौ।

जस्तो; एउटा घर बनाउदा सबै भन्दा मेहनत ज्यामिले गर्छ; बालुवा, सिमेन्ट, इट्टा बोक्ने .. मसला घोल्ने.. सबै गाह्रो कामहरु। त्यस पछाडी मिस्त्रीले गर्छ। सबैभन्दा कम मेहनत गर्ने इन्जिनियर हुन्छ। तर गजब कुरा हेरौ त, ज्यामिले सबैभन्दा कम ज्याला पाउछँ, इन्जिनियरले सबै भन्दा बढी ज्याला लिन्छ। जस्ले धेरै मेहनत गर्छ, उस्को सबैभन्दा कम, जस्ले कम मेहनत गर्छ, उस्ले सबैभन्दा बढी…. छैन त गजब ? प्रख्यात दार्सनिक कार्ल माक्सले Das Kapital मा एउटा च्याप्टर लेख्नु भएको छ। च्याप्टरमा एउटा गहकिलो सिद्धान्तको व्याख्या गरिएको छ। माक्सको यहि सिद्धान्तलाई समाजबादि, साम्यबादी, कम्युनिस्टहरुले आर्थिक गुरुमन्त्र मानेका छन।

च्याप्टरको नाम हो, surplus value of labour, संक्षिप्तमा: अर्थशास्त्र ले भन्छ, उत्पादनको लागि चार चिजहरुको आबस्यकता हुन्छ, भुमी, श्रम, पुजिँ र संगठन। यी चारै वटाको उत्पादनमा आ-आफ्नो हिस्सा हुन्छ जस्तो भुमिको लागि लगान ( भाडा), श्रमको लागि ज्याला, पुजिँको लागि ब्याज र संगठनको लागि नाफा। यहाँ बुझ्नु पर्ने कुरा के छ भने, उत्पादनमा संलग्न चार चिज मध्य दुई भुमी र पुँजी निर्जिब चिज हुन। अर्को तर्फ श्रम र सङठन दुई जिबित साथै एकै प्रकृतिका चिज हुन। श्रम पनि मान्छे नै हो, संगठन पनि मान्छे नै हो। तर श्रम गर्नेले ज्यालाका रुपमा न्यून लाभ मात्र पाउछ भने सङठन जस्लाइ आजको युगमा ब्यबस्थापक, सन्चालाक, मालिक भनिन्छ, ले बढी लाभ लिइरहेको हुन्छ। Das Kapital भन्छ, ब्यबस्थापनले पाउने नाफामा पनि श्रमिकको उत्तिकै अधिकार हुनु पर्छ किनभने श्रमिक र ब्यबस्थापक दुबै मानिस हुन, दुबै बराबर हुन।

more news below-

२०७८ आश्विन ३, आईतवार प्रकाशित 1 Minute 493 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार