२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

माई’तीले दिएको सुन बेचेर खो’लिन् वर्कशप, ४३ बर्षिय सरस्व’ति यसरी बनाउँछिन मोटरसाई/कलहरु…

dailykhabarnp.com

काठमाडौं : गरे के हुन्न र नेपालमा ? अलि कत्ति लगानी अनि मेहनत त्यसपछि धैर्यता, बस् यत्ति भए सम्भवत खाडीमा हुने कमाई नेपालमै हुन्छ । यसको ज्वालान्त उदारण हुन् काठमाण्डौं रातोपूलकी आशिष मोटरसाइकल वर्कशपका संचा लिका सरस्वति सुवाल ।सुरुमा माईतीबाट पाएको सुन बेचेर खोलिएको उनको यो वर्कशप अहिले मज्जाले चलिरहेको छ । नयाँ शाखाको सोचमा रहेकी सरस्वति आफ्नो कमाईमा सन्तुष्टि पनि छिन् । त्यसो त यो व्यवसाय कत्तिको सहज छ त ?

यो पनि, उमेरले नछेकेको रहर

‘पहिले छोरीचेलीलाई पढाउने चलन थिएन, पढ्ने विद्यालय पनि नजिक हुँदैनथ्यो त्यसैले पढ्ने रहर मार्नु पर्थ्यो, आज त्यही रहर पूरा गरिरहेको छु’, ६७ वर्षीय प्रेमकुमारी पौडेलले भनिन्। सानोमा विद्यालय देख्न नपाएको बताउने उनी अहिले बिहान ११ बज्नै लाग्दा झोलामा किताब कापी लिएर विद्यालयमा पढ्न निस्कनु दैनिकी बनेको छ।

कावासोती नगरपालिका-२ मा शिव सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको गृहिणी शिक्षा (अनौपचारिक प्रौढ शिक्षा) मा अध्ययन गर्न उनीजस्तै अन्य महिला पनि आउने गर्छन् । अध्ययन गर्ने उमेरमा विभिन्न कारणले नपाएका गृहिणी बिहान ११ देखि ३ बजेसम्म यहाँ रहन्छन्। अहिले पढ्ने मौका पाउँदा धेरै खुसी लागेको पौडेलले बताइन्।

दुई वर्षदेखि यहाँ पढ्न थालेकी उनले अहिले छोरा छोरीको नाम अंग्रेजीमा लेख्न, मोबाइलमा पैसा राख्न, सजिव, निर्जीव वस्तु चिन्न सक्दा दङ्ग छिन् । ‘मलाई अहिले आफू बच्चै भएको जस्तो लागेको छ, खुसी लागेको छ, घरबाट हिँडेर आउन सक्ने बेलासम्म र सिकाइ केन्द्रमा पढन पाउँदासम्म आउँछु’, पौडेलले भनिन्,‘बच्चामा पढ्न नपाएको रहर मेटिएको झैं लागेको छ, अहिले तिर्खा यही पढाइले मेटेजस्तो हुन्छ।’

स्याङ्जा सतुङ्गा जन्मेकी उनी त्यति बेला गाउँमा ५ कक्षासम्मको विद्यालय भएको भए पनि छोरालाई पढाउने, छोरीलाई नपढाउने चलन रहेको सम्झन्छिन् । ‘छोरी त कोदो रोप्ने, घाँस, दाउरा गर्ने, गाई वस्तु चराउने यस्तै गर्नु पर्‍यो, दाजुभाइ स्कुल जानुहुन्थ्यो’, पौडेलले भनिन्। त्यस्तै, ६५ वर्षीया चन्द्रमाया सिग्देललाई पनि सानोमा पढ्न नपाएर अहिले अक्षर चिन्न पाउँदा धेरै खुसी लागेको बताइन्।

‘विद्यालय टाढा हुन्थ्यो, छोरीलाई पढाउन पठाउने चलननै कम थियो’, सिग्देलले भनिन्,‘अहिले कतै जाँदा के लेखेको छ भनेर चिन्न सक्ने भएकाले सजिलो भएको छ। कतै गए कहाँ आइएछ भनेर ठाउँ चिन्न सकिन्छ’, सिग्देलले भनिन्, ‘खुसी लाग्छ ।’ पौडेल र सिग्देल जस्तै यहाँ कावासोतीका करिब ४२ गृहिणी भर्ना भएका छन्।

यहाँ तीन तहको पढाइ हुने सिकाइ केन्द्रकी परिचालक नूतन थापा पुनले बताइन्। भर्ना भएकोमा केही समय मिलाएर फुर्सदमा आउने गरेको भए पनि करिब २५ जना नियमितजसो आउने गरेको उनले बताइन्। नगरपालिकाको सहयोगमा अहिले कक्षा सञ्चालन भइ रहेको छ। यसले विद्यालय उमेर पुगेर पनि विद्यालय जान नपाएकालाई अध्ययन गर्न सहज बनाएको छ। रासस

more news below-

२०७८ आश्विन ३, आईतवार प्रकाशित 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार