२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

जहाँ हरेक घर;मा विमान छन्, अफिस जान पनि विमा.नमा जान्छन्…

dailykhabarnp.com

यो मानिसहरुको आवासीय क्षेत्र हो । यहाँ थुप्रै परिवारहरु बस्छन् । यहाँका घरहरुमा कार राख्ने ग्यारेजजस्तै विमान राख्ने ह्याङ्गर छन् । यहाँका सडकमा विमान गुडिरहेको देखिनु अन्यत्रका सडकमा कार गुडेको देखिनुजस्तै सामान्य हो । यो एयरपार्क १९६३ मा क्यामरुन पार्क एयरपोर्टसँगै बनाइएको हो । अहिले यहाँ १२४ घरहरु छन् । यहाँका सडकहरु सय फिट फराकिला छन् । यी सडक फराकिला बनाइनुको कारण त्यस क्षेत्रमा बस्ने पाइलटहरुले विमानलाई एयरपोर्टबाट घरसम्म वा घरबाट एयरपोर्टसम्म गुडाउँदै लैजान सकुन् भन्ने उद्देश्य हो ।
क्यामरुन पार्क एयरपोर्टका म्यानेजर केभिन कुक्सीले इनसाइडरसँग कुरा गर्दै यहाँका सडकहरु एयरपोर्टको रनवेभन्दा पनि फराकिला रहेको बताए । यी सडकमा विमान गुडिरहेको बेला कार पनि सजिलै गुडेर क्रस गर्न सकियोस् भनेर सडक यति फराकिला बनाइएका हुन् । यहाँ सडक संकेत र चिठीका बाकसहरु सामान्यभन्दा निकै होचो बनाइएका छन् ताकि यी संकेतहरु विमानको पखेटासँग नठोक्किउन् । यहाँ सडकका नाम पनि विकानको नामबाट बोइङ रोड, सेस्ना ड्राइभ लगायत राखिएका छन् ।

more news below-

२०७८ आश्विन ४, सोमबार प्रकाशित 1 Minute 51 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार