२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

४५० वटा सिलि;ण्डर बोके’को ट्रकमा च ट्याङ पर्दा अढा’इ घण्टा;स म्म वि ष्फोट, चालक भने बाँचे…

dilykhabarnp.com

काठमाडौं। खाना पकाउने ग्यासका ४५० वटा भरिएका सिलिण्डर बोकेर गुडिरहेको ट्रकमा च्याङ पर्दा निकै भिषण विष्फोट भएको छ । यो भयानक दुर्घटनामा परेर पनि ट्रकका चालक भने बाँच्न सफल भएका छन् । समाचार एजेन्सी पीटिआइका अनुसार भारतको राजस्थान राज्यको जयपुर कोटा हाइवेमा पर्ने भीलवाडाको हनुमान नगरमा दुर्घटना भएको हो ।

गुडिरहेको ट्रकमा चट्याङ परेपछि ट्रक सडकमै पल्टिएको थियो । ट्रकमा ४५० वटा भरिएका सिलिण्डर थिए । ट्रक पल्टिएपछि आगो लाग्यो र र सिलिण्डरहरु विष्फोट हुन थाले । एकपछि अर्को गर्दै करिब अढाइ भण्टासम्म सिलिण्डर विष्फोट भइरहे । यो दुर्घटनाको १५ घण्टा पछिसम्म पनि हाइवे बन्द रहेको समाचारमा जनाइएको छ । बुधबार बिहान कोटा, अजमेर र जयपुर जाने यात्रीहरुलाई रोकेर डाइभर्ट गरी जहाजपुर हुँदै बसोली मोडमा निकालियो ।

बुधबार बिहान घटनास्थलमा पुलिस तैनाथ रह्यो । ग्यास कम्पनीका कर्मचारी पनि बोलाइयो । त्यसपछि आसपासका क्षेत्रबाट सिलिण्डरका टुक्रा बटेल्ने काम भइरहेको छ । ड्राइभर र सहयोगीको देवलीको अस्पतालमा उपचार भइरहेको छ । यो दुर्घटनापछि आगो यति भीषण थियो कि आगोका ज्वाला ५ देखि ७ किलोमिटर टाढासम्म देखिएका थिए । विष्फोटमा सिलिण्डरहरु उछिट्टिएर आधा किलोकिटर टाढासम्म पर पुगेर खसेका थिए ।

देवली नगरपालिकाको दमकलका कर्मचारी दिनेशका अनुसार घटनास्थलबाट १५० किलोमिटर टाढा उभिन पनि निकै कठिन भइरहेको थियो । दमकल पनि घटनास्थलको नजिक जान सकेको थिएन । ट्रक ड्राइभर बिजेठा निवासी ३५ वर्षका सतराज मीणाले जसोतसो भागेर ज्यान बचाए । यद्यपि उनको हात र शरीर कैयौं ठाउँमा पोलिएको छ ।

more news below-

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार