२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

म्युजिक भिडियो छायां’कनका लागि कला’कार चढेको गाडी दुर्घटना, कला’कार राइको मृत्यु, आधा दर्जन बढी घाइतेको अव’स्था कस्तो छ…

dailykhabarnp.com

काठमाडौ । कलाकार र प्राविधिक चढेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दुर्घटनामा परेको हो । काम सकेर पोखरावाट काठमाडौ फर्कदै गर्दा धादिङको गजुरीमा गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी कलाकार रेनुपुलुङ राईको निधन भएको हो । उनी निर्देशक, मोडल तथा गीतकार हुन् ।

छायांकनबाट काठमाडौ फर्किदै गरेको गाडीलाई भारतीय नम्बर प्लेटको एक गाडीले ठ क्क र दिएको हो । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले घटनाको पुष्टि गरेका छन् । दुर्घटनामा एक जनाको मृत्यु र बस ड्राइभर सहित दर्जन घाइते भएका छन् ।

दुर्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा निर्देशक राईको बहिनी रेनुपुलुङ राईको घटनास्थलमै मृत्यु भएको हो । राइएको नेतृत्वमा युनिट काठमाडौंबाट पोखरा गएको थियो । फाइल तस्बिर

more news below-

२०७८ आश्विन २१, बिहीबार प्रकाशित 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार