२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

रक्षक नै भक्षक : सनकको भरमा डीएसपीद्वारा युवामाथि निर्घात कुटपीट , पसल बन्द गराउँदै हिडेको’ प्र’हरीको भिडियो खिचेपछि ती युवामाथि प्रह’रीले कुटपिट भिडियो अहिले सामाजिक सञ्जा’लमा भाइरल…

dailykhabarnp.com

काठमाडौँ– वीरगन्जस्थित एक सर्जिकल पसलका कर्मचारीमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले निर्घात कुटपीट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सार्वजनिक भिडियोले प्रहरीको ‘मुस्कान सहितको सेवा’ नारालाई नै खिल्ली उडाएको छ । सामाजिक सञ्जालमा ‘रक्षक नै भक्षक’ बनेको भन्दै घटनामा संलग्न प्रहरीमाथि कडा कारबाहीको माग उठाइएको छ ।

स्थानीयले जनाएअनुसार भिडियो खिचेको निँहुमा डीएसपी कार्कीले युवामाथि निर्घात कुटपिट गरेका हुन् । उनले गल्ती भयो भनेर हात जोड्दा पनि ती प्रहरीले बुट र लाठी बर्साउन छाडेका थिएनन् । अहमदको मोबाइलसमेत डीएसपीले खोसेर लगेको जनाइएको छ ।

कुटाइ खाने युवा वीरगञ्ज उपमहानर-८ का सर्जिकल पसलका कर्मचारी अप्रोच अहमद हुन् । निषेधाज्ञाको समयमा खोलिएका किराना पसल बन्द गराउँदै हिडेको प्रहरीको भिडियो खिचेपछि ती युवामाथि प्रहरीले कुटपिट गरेको जनाइएको छ ।

भिडियोमा देखिए अनुसार शुरुमा प्रहरीले युवामाथि लाडी बर्साउन थाले । त्यसपछि डीएसपीले लाडीले मात्रै हैन बुट नै बजारे । प्रहरीको कुटपीटबाट युवाको शरीरमा निलडाम भएको बताइएको छ ।

अहमदमाथिको कुटपिट भएको दृश्यको रेकर्ड पसलको सीसीटीभीमा भएको थियो ।

घटनाका विषयमा छानविन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रदेश प्रहरीले विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको जानकारी दिएको छ ।

more news below-

२०७८ आश्विन २२, शुक्रबार प्रकाशित 1 Minute 1088 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार