२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

मलेसि’याका नाइट क्ल’बमा नेपाली युवतीको कथा- ‘अब त बानी परेँ, ४/५ भयो पैसा राम्रै कमाउछु’…

dailykhabarnp.com

हरेक नागरिक-लाई रंगीन सपना देख्‍ने छुट छ। त्यही रंगीन सपना सार्थक बनाउन मानिस दौडिरहेका छन्।सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवा-युवती विदेशिन बाध्य पनि छन्। भविष्यमा जीवनलाई सरल रेखामा हिँडाउने चाहना बोकेर वर्तमानको यौवन विदेशी भूमिमा बेच्‍न बाध्य छन् लाखौं नेपाली युवा-युवती।सबैभन्दा धेरै नेपाली भएको देश हो, मलेसिया। त्यहाँ जान न भाषा परीक्षा पास गर्नुपर्छ, न त कुनै शैक्षिक योग्यता चाहिन्छ। मलेसिया भूमिका श्रमिकका रूपमा खटिएका नेपालीको कथा कहाली-लाग्दो छ।

त्यसमा पनि नेपाली युवतीको कहानी झनै दर्दनाक छ। मलेसिया, डान्स बार अनि नेपाली युवती।यी तीनै शब्‍द एक्कासि छुट्टा-छुट्टै सुन्दा आम-मानिसको दिमागमा विछट्टै पीडा-दायी चित्र बन्छ। तर मलेसियाको डान्सबार रोज्‍नु उनीहरुको बाध्यता हो। नेपालको राजनीतिक, हुने-खानेहरुको रजगजमा रमाएका केही थान मानिस-भन्दा पर बस्‍ने नेपाली हुन् मलेसिया पलायन हुने।केही थान सुन्दरी स्टेजमा सुडोल नितम्ब र पोटिला छाती हल्लाएर नाचिरहेका थिए। ग्राहक सोफामा बसेर आँखा झिम्क्याइ रहेका थिए,

न त हातमा सीप छ, न नेपालमा कुनै रोजगारी, न त पढ्‍न-सक्‍ने आर्थिक हैसियत, न पढाउन सक्‍ने परिवारिक स्थिति। दुई छाक जोहो गर्न दश ठाउँ चहार्नुपर्ने, बिरामी-मात्र हुँदा मृत्यु शय्या राेज्‍नुपर्ने बाध्यता, बासको ठेगान छैन, कपासको कुरै छोडौं, वर्षमा एकजोर झुत्रो पनि गार्हो पर्ने स्थिति पार लगाउन मलेसिया लगायतका खाडी देशलाई गन्तव्य ठान्छन् धेरै युवा पुस्ता।यस्तै र यस्तै कयौं समस्यालाई पार लगाउन विभिन्‍न बाटो हुँदै मलेसियाका डान्सबारमा पुगेका नेपाली युवतीको बिडम्वना पूर्ण व्यथा यहाँ प्रस्तुत गरिएको छ।

मलेसियाको राजधानी क्‍वालालम्पुर, धुम्म परेको आकाश, चारैतिर सूर्य ल्याएर टाँसेझैं देखिने चकमन्‍न उज्यालो अनि त्यही उज्यालो भित्रको अँध्यारो कथा पछ्याउँदै हामी बुतिक बिन्तंग क्षेत्र तिर लाग्यौं। जहाँ धेरै डान्स बार र त्यही डान्स बारमा नेपाली युवती छन् भन्‍ने सूचना हामीलाई थियो।म एक गाँस भात निलेर सुत्‍ने बेलामा क्‍वालाम्पुरको कोलाहल छिचोल्दै बुतिक बिन्तंगमा रहेको एक डान्सभित्रे छिरें। आँखामा रंगबिरंगी लाइट परे र एकछिन रुमल्लिएँ। थोरै सम्हाल्दै त्यहाँको दृश्य हेरें।

केही थान सुन्दरी स्टेजमा सुडोल नितम्ब र पोटिला छाती हल्लाएर नाचिरहेका थिए। ग्राहक सोफामा बसेर आँखा झिम्क्याइ रहेका थिए, इशारा गरिरहेका थिए। चुरोटको धुवाँ, म-दिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् गर्न उद्यत थिए त्यहाँ देखिने वि-षालु आँखाहरु।तर, ती सुन्दरीको सपना भने बिल्कुल फरक छ। नेपालको विकट गाउँबाट करोडौं सपना बोकेर खाडीका डान्स`बारमा पुगेका युवतीहरुले पाएको पैसाले भाइको पढाइको शुल्क तिर्नु छ, आमाको फरिया फेर्नु छ, बाबुको च्यातिएको टोपी फेर्नुछ अनि र फेर्नुछ वर्षौंदेखि उद्रिएको आफ्नै भाग्य र जीवन भोगाइ।

तीनै डान्सबारमा नाच्‍ने नेपाली युवतीमध्ये एक हुन्, सरिता (नाम परिवर्तन)। उनले ठेगाना नखुलाइदिन आग्रह गरिन्। उनी निकै निराश र थोरै मुस्कान`सहित मेरो सामु बसिन्। मैले सोधें, ‘कसरी यहाँ आइ-पुग्‍नुभयो?’उनले सुरु गरिन्-म गरिब परिवारमा जन्मिएँ। बुबाले जसो-तसो म, भाइ र बहिनी अनि आमाको हेरचाह र दैनिकी जोहो गर्नुहुन्थ्यो। जीविका चलाउन निकै कठिन थियो। भाग्यले पनि गरिब-लाई मात्र दुःख दिन्छ। अभागी कर्म भन्नु कि खै के भन्‍ने दिदी? हामी सानै हुँदा बुबा अरुको खेतमा काम गर्ने क्रममा करेन्ट लागेर बित्‍नुभयो। त्यो कालो दिनदेखि जिन्दगीमा अन्धकार छायो। बुबाबिनाको जिन्दगी कस्तो हुन्छ?

बुबा गु-माएको पीडा एकातिर थियो भने अर्को-तिर साना भाइबहिनी अनि आमासँग छुट्टिनु-पर्ने। त्यो दिन सम्झिँदा अहिले पनि…. उनी फेरि निःशब्दउनले आँखाभरि आँसु पारिन्। अनि यसरी निराश हुनु हुँदैन भनेर ढाडस दिएँ। केही बेर सन्‍नाटा छायो। एकातिर केही हुल मानिस डान्सबारको संगीतमा रंगीन रातको स्वाद लिइरहेका थिए भने म सरिताको दुःख र पराइ भूमिको डान्स|बारमा नाच्‍न बा-ध्य नेपाली चेलीको भोगाइ खोतल्दै थिएँ।

उनले आँसु पुछ्दै भनिन्, बुबा बितेपछि आमा अर्काको घरमा काम गर्न जानुहुन्थ्यो। त्यही क्रममा आमालाई कसैले काठमाडौंमा उनको आफन्तको घरमा काम गर्ने मान्छे चाहिएको छ भनेर सुनाइ-दिएछ। आमाले आएर मलाई सुनाउनु-भयो। घरको जेठो सन्तान, परिवारको जिम्मवारी अनि भाइ-बहिनीलाई पढाउनुपर्ने।सबै कुरा सम्झिएँ अनि काठमाडौं अर्काको घरमा काम गर्न जान राजी भएँ। त्यतिबेला म १२ वर्षकी मात्र थिएँ। घरबाट कहिल्यै बाहिर ननिस्किएको म। बुबा गु-माएको पीडा एकातिर थियो भने अर्को-तिर साना भाइबहिनी अनि आमासँग छुट्टिनु-पर्ने। त्यो दिन सम्झिँदा अहिले पनि…. उनी फेरि निःशब्द भइन्। आँखा रसाएर आए।भनिन्, अरुको घरमा काम गर्न बसेँ, त्यो घरको अंकल-आन्टीले स्कुल पनि पढाइदिनुभयो। परिवार निकै राम्रो थियो। आफ्नै परिवारजस्तो लाग्थ्यो। बिहान स्कुल जान्थें। दिउँसो स्कुलबाट आएर घरको काम गर्थें। यसरी एसएलसी पास गरें। प्लस टु पनि सकाएँ। जुन घरमा काम गर्न बसेको थिएँ त्यहाँका अंकल–आन्टीले पढाइमा निकै सहयोग गर्नुभयो।

तर, मैले मात्र पढेर भएन। मसँगै भाइ`बहिनीको पनि भविष्य छ भन्‍ने सोचें। म बिए दोस्रो वर्षमा पढिरहेकी थिएँ। पढाइ बीचमा राखेर अंकलसँग कुरा गरेर गाउँ फर्किने निर्णय गरे। उहाँहरुले पढाइ सकेर जान सल्लाह दिनुभयो। तर, मेरो बाध्यता थियो अनि मेरो करमा उहाँहरुले घर जान अनुमति दिनुभयो। म गाउँ फर्किएँ।तर, मैले मात्र पढेर भएन। मसँगै भाइ`बहिनीको पनि भविष्य छ भन्‍ने सोचें। म बिए दोस्रो वर्षमा पढिरहेकी थिएँ। पढाइ बीचमा राखेर अंकलसँग कुरा गरेर गाउँ फर्किने निर्णय गरे। उहाँहरुले पढाइ सकेर जान सल्लाह दिनुभयो। तर, मेरो बाध्यता थियो अनि मेरो करमा उहाँहरुले घर जान अनुमति दिनुभयो। म गाउँ फर्किएँ।

more news below-

२०७८ आश्विन २४, आईतवार प्रकाशित 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार