२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

संक्रम’णले रोजगा;री गुमाएका गरिब’लाई १० हजार…

dailykhabarnp.com

सरकारले महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ ।

प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले जतिसक्दो छिटो वितरण गर्न अहिले कार्यविधि बनाइरहेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा ल्याएको प्रतिस्थापन बजेटमा महामारीबाट प्रभावित अनौपचारिक एवं असंगठित क्षेत्रका ५ लाख गरिब र विपन्नलाई राहत स्वरूप एकपटकका लागि प्रतिघरपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने उल्लेख छ ।

अर्थमन्त्रीको सोही घोषणा कार्यान्वयन गर्न हाल अर्थ मन्त्रालयले यो कार्यविधि बनाउन थालेको हो ।अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बजेटमा उल्लेख भएको राहत रकम वितरणका लागि कार्यविधि बनाउने काम भइरहेको बताए । उनले सकेसम्म दसैंअघि नै राहत रकम वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले अर्थ मन्त्रालयबाट आवश्यक मापदण्डसहितको कार्यविधि बनेपछि स्थानीय तहहरूबाट वास्तविक पहिचान भएका रोजगारी गुमाएका गरिब तथा विपन्नलाई राहत वितरण गर्ने बताए । यो समाचार राजधानी दैनिकमा छ ।

more news below-

२०७८ आश्विन २५, सोमबार प्रकाशित 1 Minute 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार