२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

प्रतितोला २ हजार ७ सय रुपैयाँ-ले सस्तियो सुनको भाउ, चाँदी-को मूल्य कति ?

dailykhabarnp.com

यस साता नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको छ । साताको पहिलो कारोबार दिन र अन्त्यसम्म आउँदा उक्त रकमले घटेको हो ।

साताको पहिलो कारोबार दिन (फागुन १६ गते) छापावाला सुनको मूल्य ८८ हजार ३ सय रुपैयाँ थियो । साताको अन्त्यसम्म आउँदा प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा झरेको छ ।

समग्रमा साता अवधिभर सुनको भाउ निरन्तर ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार फागुन १७ गते छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो नै यस साताको उच्च मूल्य हो ।

यस साताको पछिल्लो दुई दिनमै सुनको भाउ १ हजार ९ सय रुपैयाँले घटेको महासंघले जनाएको छ । हिजो अर्थात फागुन २० गते ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन ९ सय रुपैयाँले गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन छापावाला सुनको मूल्य ८५ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, यस साता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस साता चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्त्यसम्म आउँदा प्रतितोला १२ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ । समग्रमा यस साता चाँदीको भाउ प्रतितोला १३ सय ३० भन्दा माथि जान सकेन ।

२०७८ असार ३१, बिहीबार प्रकाशित 1 Minute 1921 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार