२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

श्रीमान-को कुटाइ सहन नसकेर ४ सन्तानसहित नदीमा हामफालेको परिवारको सामुहिक दाहसंस्कार

dailykhabarnp.com

कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका आमासहित तीन सन्तानको सामूहिक दाहसंस्कार गरिएको छ ।

बुधवार साँझ कर्णाली नदीको तीरमा आमा सुकी, तीन छोराछोरीको दाहसंस्कार गरिएको हो । अछाम जिल्ला अस्पतालमा मङ्गलवार पोस्टमार्टम गरेपछि उनीहरूको दाहसंस्कार गरिएको स्थानीय छत्र सिजापतिले जानकारी दिए ।

उनका अनुसार आमा सुकी बडूवालको शव जलाइएको छ भने उनकी १५ बर्सिया छोरी कल्पना, १२ बर्सिया सरिता र ८ बर्सिया छोरा ललितको शव गाडिएको छ ।

दाहसंस्कार स्थलमा उनका श्रीमान् मानसिंह बडूवाललाई पनि ल्याइएको थियो । मानसिंह थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा रहेका छन् । ६ बर्सिया बालिका रजनी बडूवालको अवस्था अझै अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।

पश्चिम दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकीले पारिवारिक तनावका कारण सोमबार चार सन्तान सहित कर्णाली नदीमा हाम फालेकी थिइन् ।

दैलेखका भए पनि शव अछामतर्फको नदी किनारमा भेटिएकोले मङ्गलसेनमा पोस्टमार्टम गरिएको थियो । जनी बडूवालको शव नभेटिएकोले खोजी कार्य भइरहेको छ ।

२०७८ श्रावण १, शुक्रबार प्रकाशित 1 Minute 508 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार