२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

कोभिड नेपाल – सार्वजनिक गाडी उपत्यकामा आउजाउ गर्न पाउने – १० दिन निषेधाज्ञा थप

dailykhabarnp.com

साउनको सुरुदेखि काठमाण्डू उपत्यका छिर्नलाई निजी तथा सार्वजनिक सवारीलाई अनुमतिपत्र आवश्यक नपर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

“मानिसहरूलाई अब स्वास्थ्य मापदण्ड पालना गरेर नियमित आउजाउ गर्न दिइने निर्णय गरिएको छ,” प्रजिअ ढुन्डीप्रसाद निरौलाले भने।

“जोरबिजोर प्रणाली लागु गरेर लामो दूरीका सवारी चल्न दिइने विकल्पबारे सोचिए पनि त्यसले मानिसहरूलाई थप चाप र सास्ती दिने सोचेर यस्तो निर्णय गरिएको हो।”

प्रजिअहरूको सूचनामा भने अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्न सार्वजनिक तथा निजी सवारी साधनलाई आवतजावत गर्न दिइने जनाइएको छ।

निषेधाज्ञा १० दिन थप
कोरोनाभाइरस महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको यसअघि नै खुकुलो पारिएको निषेधाज्ञा भने साउन १० गतेसम्म बढाइएको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले छुट्टाछुट्टै जारी गएको सूचनामा जनाइएको छ।

शैक्षिक संस्थाहरू भने अझै भौतिक रूपमा सञ्चालन हुन पाउने छैनन्।

खुला स्थानमा मानिसहरू भेला भएर कार्यक्रम एवं समारोहहरू गर्न लगाइएको रोक अझै कायम छ।

तर सबै खाले पसलहरू साँझ ७ बजेसम्म खुला गर्न दिइएको छ।

यसअघि औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसलहरू बाहेकका अन्य व्यवसाय साँझ ६ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको थियो।

निषेधाज्ञा खुकुलो हुँदा कोभिडको तेस्रो लहरको चिन्ता
काठमाण्डू उपत्यकाभित्र सवारीसाधनमा जोरबिजोर प्रणाली हट्यो, २५ जनासम्म राखेर परीक्षा लिन पाइने
प्रजिअ निरौला थप्छन्, “बाँकी सबै व्यवस्थाहरू साबिककै हुन्।”

२०७८ श्रावण १, शुक्रबार प्रकाशित 1 Minute 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार