२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

भगवान विष्णु किन सर्पको ओछ्यानमा सुत्छन् ? शास्त्रमा यस्तो छ

dailykhabarnp.com

कुनै चित्रमा हेरौ, टेलिभिजनमा हेरौ भगवान विष्णु विभिन्न अवतारमा देखिन्छ । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ, कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देखिन्छ । कति चित्रमा चाहि उनी सर्पको ओछ्यानमा आरमले सुतेको देखिन्छ ।हिन्दु धर्मले यो विशाल सर्पलाई शेषनाग भनेको छ ।

यस चित्रणको खास महत्व छ । भगवान विष्णुले केहि अवतार लिएका छन् । उनलाई पापको सागरबाट दुनियाँलाई मुक्त गर्ने प्रतिकको रुपमा मानिन्छ । भगवान विष्णुको वाहन त गरुड हो । तर, शेषनाग पनि उनको प्रत्येक अवतारमा जोडिएको छ

यो पनि पढ्नु होस्
मुस्ताङको लेतेको कोल्ड स्टोरमा को’रोनाविरुद्धको खोप राखिएको थियो। टुकुचेबाट साथीहरु खोप लिन जानु भएको थियो। तर छपताङ् खोला बढेपछि गाडी तर्न सकेन। गाडी तर्न नसकेपछि खोप कसरी ल्याउन सकिन्छ भन्दा त्यो जुक्ति निस्किएको थियो।

साथीहरुले खोलामा खोप तार्न फलामको डन्डी प्रयोग गर्नु भएको थियो। यो असाध्यै अप्ठ्यारो थियो। खोप तार्दै गरेको भिडिओ टुकुचे स्वास्थ्य चौकीमा कार्यरत विपीन केसीले खिच्नु भएको रहेछ। टुकुचे स्वास्थ्य चौ’कीमा आएपछि उहाँले हामीलाई भिडिओ देखाउनु भयो।

‘सिस्टर हेर्नुस् यस्तो गा’ह्रो गरेर खोप ल्याइयो। पानीमा पनि भिजियो,’ साथीहरुले भन्नु भयो। भिडिओ हेर्दा पनि थाहा हुन्छ, साथीहरुले कति क’ठिनसाथ खोप ल्याउनु भएको थियो। खोलामा खोप तार्न त्यो नै सबैभन्दा उपयुक्त उपाय थियो। उहाँलाई मैले सामाजिक सञ्जालमा यो राख्न अनुरोध गरेँ।

उहाँले सँधै राम्रो प्रतिक्रिया नआउन पनि सक्छ नराखौँ पनि भन्नु भयो। खोप पास गरेको तरिकाले म प्रभावित भएकी थिएँ। तपाईँले नराख्ने भए म राख्छु भनेँ। लालबहादुर सर पीपीई लगाएर जानु भएको थियो। उहाँले लगाएको पीपीईले पनि भिडिओ झन् आकर्षक देखिएको थियो।

यो भिडिओले राम्रो सन्देश जान्छ भनेर मैले विपीन सरसँग भिडियो मागेर टिकटकमा पोस्ट गरेँ। फलामको डन्डी प्रयोग गरेर खोप खोला तार्नु पर्ला भनेर त्यहाँ जाने स्वास्थ्यकर्मी साथीहरुले पनि सोच्नु भएको थिएन। त्यो घटना संयोगवश भएको थियो ।भिडिओ पनि संयोगवश खिचिएको थियो।

जब यो भिडियो मिडियामा आयो, विश्व स्वास्थ्य संगठनका महानिर्देशकले नै ‘हिरोहरू’ भनेर सामाजिक सञ्जालमा सेयर गर्नुभयो। विश्व स्वास्थ्य संगठनका महानिर्देशकले नै मुस्ताङको भिडिओ सामाजिक सञ्जालमा राखेपछि यसले अन्तर्राष्ट्रिय चर्चा बटुल्यो। भिडिओ पोस्ट गर्ने समयमा मैले यति धेरै चर्चा होला भन्ने सोचेकी थिइनँ।

मेरो लागि यो नसोचेको कुरा भएको छ। यसले मलाई मात्र होइन, स्वास्थ्यकर्मी साथीहरुलाई निकै खुसी बनाएको छ। स्वास्थ्यकर्मी साथीहरुले त्यो अप्ठ्यारो देखेपछि त्यसै फर्किन पनि सक्नु हुन्थ्यो। तर खोप लगाउन जेष्ठ नागरिकहरुलाई बोलाइ सकिएको छ, उहाँहरुलाई निराश बनाउन हुँदैन भनेर जसरी पनि खोप ल्याउनु भयो।

२०७८ श्रावण २, शनिबार प्रकाशित 1 Minute 561 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार