२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

अमेरिकाको ‘न्युजर्सीमा’ अध्य – यनरत नेपाली विद्यार्थी अजय शाहको शव फेला !!

dailykhabarnp.com

नेपालको सिराहा जिल्लाबाट अमेरिकाको न्यू जर्सीमा बसोबास गर्ने विद्यार्थी अजय साहको शव फेला परेको छ । गत जनवरीदेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेर पहिचान सार्वजनिक गरेको हो । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

साह गत जनवरी १८ देखि हराइरहेको उनका दाइ शिव साहले जानकारी दिए । शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनी भाइको खोजीको लागि टेक्ससबाट न्युजर्सी आएका थिए ।

२२ वर्षीय साहको गत सोमबार उनको शवको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको, जनाइएको छ ।

अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि चढेको खुलासा भएको छ । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका चित्रग्राहिणी(सिसि क्यामरा)मा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ चित्रग्राहिणी(क्यामरा)भिरेको देखिएको थियो ।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुन्जेलसम्म उनी बेपत्ता भएको विषयलाई रहस्यमयी हिसाबले हेरिएको थियो । अधिकारीहरूले मार्च ९ मा उनको शव एङ्कोरेज नहरमा फेला पारेका हुन् ।

गत अप्रिल २५ मा न्यू योर्क प्रहरी विभागले मोरिस काउन्टीको हराइरहेको व्यक्ति बारे इकाईलाई सूचित गरेको थियो । बेपत्ता भएका अजय शाहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क-पेन स्टेसनमा राती ११:३७ मिनेट, जनवरी १९,२०२१ को दिनसम्म देखिएको थियो । अझ पनि शव परिवारलाई हस्तान्तरण गरिएको छैन ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार