२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

थाहा पाउनुहोस् किन गरिन्छ साष्टांग प्रणाम – के हो यसको महत्व ?

dailykhabarnp.com

हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ । मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो । यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ । आठवटा अंगसिहत गरिने प्रणाम भएकाले सा०षंग भनिएको हो । तर यो पुरुषका लागि मात्र विधान गरिएको छ । महिलाका लागि यो वर्जित छ ।

यो आसनमा शरीरका प्रमुख भागहरूले जमिन छुने हुनाले यसका अनेकौं फाइदा छन् । धर्तीसँग निकटता हुनु भनेको स्वस्थताको लक्षण हो । महिलालाई चाहिँ यो यसरी प्रणाम गर्न नदिइनुको कारण भनेको गर्भ र वक्षस्थलले जमिनलाई स्पर्श गर्न हुँदैन । एउटा जीवनलाई नै गर्भले पालेर राख्ने अनि वक्षले त्यो जीवनलाई पालन गर्ने हुनाले यी अंगहरूलाई जमिनमा दबाउन नहुने मान्यता हो ।

आधुनिक मानिसलाई त यो आसन पुरानो रूढि मात्र लाग्न सक्छ तर यसले व्यक्तिले अहंकारत्यागलाई प्रतीक बनाउँछ । अहंकारलाई त्यागेर ईश्वरप्राप्तिको मार्गमा लागेको यसले देखाउँछ ।

यो पनि पढ्नुहोला :

मान्छे जन्मले होइन, कर्मले महान् हुन्छ : चाणक्य

चाणक्य एक योग्य शिक्षक थिए । उनी राम्रा सल्लाहकार पनि थिए । धेरैले उनलाई अर्थशास्त्रका रचयीता पनि भन्ने गर्दछन् । जीवन र समाजको हरेक पक्षमा आचार्य चाणक्यले प्रकाश पारेका छन् । उनले दिएको सन्देशलाई नै आजकल चाणक्य नीति भन्ने गरिन्छ ।

उनले सबै समय सन्दर्भलाई उपयुक्त हुने गरी धेरै सन्देशहरू दिएका छन् । तीमध्ये एक हो ‘आम्दानी भन्दा बढी खर्च गर्नु मुर्खता हो’ ।

चाणक्यले जसले आय र व्ययमा सही तालमेल बनाउन जान्दैन, उ कहिल्यै खुसी हुन नसक्ने बताएका छन् । आम्दानी भन्दा बढी खर्च गर्नु मूर्खताको निशानी हो । पूँजीलाई सधैं जरुरी समयका लागि जोगाएर राख्नुपर्छ । चाणक्य नीति अनुसार भोग विलासिताका वस्तुहरूमा खर्च गर्नु हुँदैन । जसले यसो गर्छ उसलाई ऋण लाग्नबाट कसैले रोक्न सक्दैन । यस्ता व्यक्तिहरूको जिन्दगीमा दुख, कलह र मानसिक तनावले घेरिरहन्छन् ।

चाणक्यको अर्को प्रसिद्ध भनाइ छ, ‘कोही पनि आफ्नो जन्मले होइन कर्मले महान् हुन्छ ।’ उनले यसको व्याख्या गर्दै भनेका छन्, जो कोही व्यक्तिले पनि आफ्नो कर्मलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ । जन्मका आधारमा श्रेष्ठता मापन हुँदैन बरू व्यक्तिले कस्तो कर्म गर्छ त्यसले उसको सफलता निर्धारण गर्छ ।

चाणक्यले भनेका छन्, ‘कुनै पनि व्यक्ति धेरै सरल र सिधा हुनु फाइदाजनक छैन ।’ जसरी जंगलमा सिधा उभिएको रुखलाई मान्छेले काट्ने गर्छन्, त्यस्तै गरी सोझो मान्छेलाई अरूले हेप्ने गर्छन् ।

२०७८ श्रावण ४, सोमबार प्रकाशित 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार