२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

OMG नेपाली पुरानो रुपैयाकाे मुल्य कति हेर्नु

dailykhabarnp.com

राष्ट्र बैंकले हरेक बर्ष पुराना र झुत्रा नोटलाई नष्ट गर्दे आएको छ । लामो समयसम्म चलन चल्तीमा आएपछि नोटको आयु समाप्त हुने गर्दछ । कतिपय अवस्थामा नोटको सहि प्रयोग गर्न नजान्दा पनि नोटको आयु छिटै सकिने गरेको छ । अन्य देशहरुमा भन्दा नेपालीहरुमा नोटको सहि सदुपयोग गर्ने बानी निकै कम रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्मप्रसाद उप्रेती बताउँछन् ।

अन्य समयमा पनि नोट नष्ट गर्ने कार्य भइ नै रहन्छ तर प्रत्येक बर्ष दशैको पुर्व सन्ध्यामा यस्ता पुराना नोट बढि संकलन हुने भएकाले यो समय पुरानो नोट नष्ट गर्ने र नयाँ नोट साट्ने गरिन्छ । केन्द्रीय बैंकले नोट नष्ट गराउनका लागि नै नोट धुल्याउने नियमावली २०५९ जारी गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नेपाल सरकारको स्वीकृति लिई नोट धुल्याउन नियमावली बनाएको हो । संकलन भएको पुरानो नोट त्यत्तिकै नष्ट गर्न भने पाँइदैन यसको पनि निश्चित प्रकृया रहेको हुन्छ । कसरी हुन्छ त पुराना नोट जलाउने कार्य हेरौं ।

यस्ता नोटमात्र नष्ट गरिन्छन्

नेपाल राष्ट्र बैंकले नोट धुल्याउने प्रयोजनका लागि भनेर नै पाँच सदस्यीय नोट धूल्याउने समिति गठन गर्ने गर्दछ । यहि समितिले नै नोट नष्ट गर्ने र नोट नष्ट गरिसकेपछि गर्भनरको कार्यालयमा प्रतिवेदन पठाउने काम गर्छ ।
समितिले नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको लागि प्राप्त हुन आएका नोटहरू, बैंकको नोट विभाग वा शाखा वा उपशाखा कार्यालयहरूले चलनचल्तीमा ल्याउन अयोग्य ठह¥याएका नोटहरू, बैंकको सञ्चालक समितिले चलनचल्तीमा ल्याउन उपयुक्त नहुने भनी ठहर गरेका नोटहरूलाई नष्ट गर्ने गर्दछ ।

त्यस्तै बैकिङ वा मुद्राको कारोवार गर्न बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरूले चलनचल्तीमा ल्याउन योग्य नभएको भनी बैंकमा दाखिला गरेका झुत्रा नोटहरू र बैकिङ, वित्तीय वा मुद्राको कारोबार गर्न बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरू, सरकारी वा अन्य निकायबाट बैकिङ कारोवारको सन्दर्भमा बैंकमा दाखिला हुन आएका नोटहरूमध्ये नक्कली भनी बैंकले जफत गरेका र कारबाही चलाउन स्पष्ट आधार नभएका नोटहरू आवश्यकता अनुसार धुल्याउने गर्दछ । यी बाहेक अन्य प्रकृतिका नोट धुलाउन सकिँदैन ।

कसरी बन्छ नोट धुलाउने समिति ?

नेपाल राष्ट्र बैंकले नोट विभागको प्रमुख वा निजले तोकेको अधिकृत संयोजक रहने गरि समिति गठन गर्ने गर्दछ । जसमा अर्थ मन्त्रालयको प्रतिनिधि, बैंकको कानून विभागको प्रतिनिधि, नोट विभागको प्रमुखले तोकेको अधिकृत सदस्य रहने गर्दछन् भने नोट विभागको नगद तर्फको सम्बन्धित अधिकृत सदस्य–सचिव रहने व्यवस्था रहेको छ ।

तर राष्ट्र बैंकको शाखा वा उपशाखा कार्यालयहरूमा नोट धुल्याउने प्रयोजनको लागि भने शाखा वा उपशाखा कार्यालयको प्रमुख संयोजक रहने गरि नेपाल सरकार, कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख वा निजले तोकेको अधिकृत, कार्यालयको नोट विभागको जिम्मेवारी लिने अधिकृत सदस्य तथा कार्यालयको नगद तर्फको सम्बन्धित अधिकृत सदस्य–सचिव रहने व्यवस्था रहेको छ ।

यस्तो छ नोट नष्ट गर्ने प्रकृया

सर्वप्रथम राष्ट्र बैंकले धुल्याउने प्रयोजनका लागि छुट्याएका नोटहरूको थान गन्ती गरी लगत तयार गर्ने गर्दछ । यसरी लगत तयार गरी छुट्याएका नोटहरू मध्ये पचास रुपैयाँ दरभन्दा मुनिका नोटहरूमा दुई प्वाल र सो भन्दा माथि जुनसुकै दरका नोटहरूमा पञ्चिङ्ग मेशिनले चार प्वाल पार्नुपर्ने व्यवस्था रहेको छ । यसरी नोटमा प्वाल पार्दा दुवैतर्फ नम्बर भएका नोटको हकमा दुवैतर्फको नम्बरमा पर्ने गरी र एकातर्फ मात्र नम्बर भएका नोटको हकमा सोही नम्बरमा पर्ने गरी प्वाल पार्नुपर्ने हुन्छ ।

यसरी नोट धुल्याउने समितिले आफ्नो रोहबरमा पचास रुपैयाँ दरभन्दा मुनिका नोटहरू पुनः गन्ती नगरी धुल्याउन सक्ने तर पचास रुपैयाँ दरभन्दा माथिका नोटहरु पुनः थान गन्ती गरी ठीक ठहर भएपछि मात्र धुल्याउन सक्ने व्यवस्था छ ।

तर छपाइ बिग्रेका र नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ वमोजिम सट्टा भर्नाको दावी परी प्राप्त हुन आएका नोटहरू धुल्याउँदा भने त्यस्ता नोटहरूमा प्वाल पार्नु नपर्ने व्यवस्था छ ।

धुल्याउने प्रयोजनका लागि नोट प्वाल पार्दा निस्केका नोटका टुक्राहरू समेत सुरक्षित राखी नोट धुल्याउँदा त्यस्ता टुक्राहरू समेत समितिको रोहवरमा मुचुल्का खडा गरी बैंकको हाता भित्र नै धुल्याउनु पर्ने व्यवस्था रहेको छ ।
यसरी नोट धुल्याउनु अघि समितिले धुल्याउनका लागि छुट्याएका नोटहरूमध्ये आवश्यकता अनुसार कम्तिमा पाँच प्रतिशत नोटका वण्डलहरू रुजु गरी धुल्याउनु पर्ने व्यवस्था रहेको छ । नोट रुजु गर्दा क्रमागत छनौट विधि (र्याण्डम स्यापेलिङ्ग) को आधारमा गर्नुपर्नेछ ।

तर से्रडिङ गरिएका पोलिमर नोटको हकमा त्यस्ता नोटका टुक्राहरु सञ्चालक समितिले तोकेको प्रकृया अपनाई बैंकले बिक्री गर्न सक्ने प्राबधान छ ।

थान गन्ती गर्न नसक्ने खालको नोटहरु भए त्यस्ता नोटहरू समितिले सोही व्यहोरा यथार्थ रुपमा खूलाई मूचूल्का तयार गरी धूल्याउन सक्ने कानुनी व्यवस्था रहेको छ ।

यसरी राष्ट्र बैंकले गठन गरेको समितिले पुराना तथा झुक्रा नोट धुल्याउने कार्य सम्पन्न भईसकेपछि समितिले सोको प्रतिवेदन गभर्नरको कार्यालयमा पठाउनु पर्ने व्यवस्था रहेको छ ।

२०७८ श्रावण ४, सोमबार प्रकाशित 1 Minute 293 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार