२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

‘१०’ – वर्षदेखि साउदीमा बन्धक नेपाली महिला-को उद्धार

dailykhabarnp.com

दोहा–

१० वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको नेपाली प्रबासी समाज साउदी अरेबियाले उद्धार गरेको छ ।

दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको नयाँ दिल्ली हुदैँ साउदीको राजधानी रियाद भन्दा ३ सय किलोमिटर टाढा आइपुगेकी पाल्पा छहरा-४ की सम्झना थापा मगरको उद्धार गरिएको हो ।

पीडितलाई दलालले ललिता गुरुङ नाम गरेको राहदानी बनाएर त्यहाँ पुर्‍याएको खुलेको छ । साउदी नागरिकको घरमा १० वर्षदेखि काम गर्दै आएकी उनलाई घरपरिवार, आफन्त कसैसंग पनि सम्पर्क गर्न नदिएको गुनासो छ ।

कैदीबन्दी झैँ जीवन विताएकी उनले २ महिनाअघि नेपाली प्रवासी समाजको फेसबुक पेजमा सम्पर्क गरेकी थिइन् ।

लगत्तै समाजको साउदी अरेबिया अध्यक्ष शालिकराम पाण्डेले रियादस्थित नेपाली दूतावासमा सम्पर्क गरि ती महिलाको उद्धार प्रकिया थालेका थिए ।

पाण्डेको आग्रह पछि प्रवासी समाज तथा दूतावासको समन्वयमा मंगलबार पीडित महिलाको निवास अलसग्रा क्षेत्रबाट उद्धार गरि दूतावासको सेल्टरमा राखिएको छ । अब साउदीको कानूनी प्रक्रिया पूरा गरि पीडितलाई चाँडै स्वदेश फर्काइने समाजले जनाएको छ ।

केहि महिनाअघि साउदीको ताबुकमा ११ वर्षदेखि बिना तलब काम लगाएर बन्धक बनाईएकी लीलामाया धिमालको पनि समाजले उद्धार गरेको थियो ।

२०७८ श्रावण ५, मंगलवार प्रकाशित 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार