२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

विभिन्न होटलहरूमा ‘अनैतिक’ कार्य गर्ने १६ जना – पक्राउ परेका छन

dailykhabarnp.com

काठमाण्डाैंकाे गोँगबु बसपार्क एरिया स्विप अपरेशनपछि भक्तपुरका विभिन्न होटल, रेस्टुरेन्ट तथा खाजा घरबाट अनैतिक कार्य गर्ने १६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जगातीले ती स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। अनैतिक कार्य भइरहेको सूचनाका आधारमा छापा मा रेर ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिए।

जगाती क्षेत्रका होटल छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु गरेर ‘स्विप अपरेसन’ चलाएको डीएसपी जोशीको भनाइ छ। जोशीका अनुसार, पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए-वान र थकाली खानाघरबाट उनीहरूलाई प्रहरीले नियन्त्रण लिएको हो। यो खबर आजको नेपाल समाचारपत्रमा पुष्कर बुढाथोकीले लेखेका छन्।नियन्त्रणमा लिएकाहरू महिला तथा पुरुषहरुलाई प्रहरी सामाजिक मनोपरार्मश समेत दिइने भएको छ। उनीहरुलाई पहिलो पटक चेतावनी दिएर छाडिने प्रहरीले जानकारी दिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२०७८ श्रावण १३, बुधबार प्रकाशित 1 Minute 1005 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार