२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

तपाइलाई के लाग्छ यो ‘संस्कृति’ कि ‘बिकृति’ ?

dailykhabarnp.com

काठमाडौ ।

अहिले रोपाईले तताएको छ । यतिसम्मकी यो हाम्रो कृषि कर्म हो भन्नपनि अप्ठ्यारो लाग्ने तस्बिर आइरहँदा संस्कृति माथिको बिकृति निक्कै मौलाई सक्यो भन्ने प्रष्ट देखिन्छ ।

सामाजिक सञ्जालको विकाससँगै छिट्टै भाइरल हुन मानिसहरुले अनेक कार्यहरु गरिरहेका छन् ।

यसैको शिकार रोपाई संस्कृतिपनि परेको छ । मानो खाएर मुरी उब्जाउने समय किसानहरुलाई खेतमा भ्याई-नभ्याई हुन्छ । १५ दिनदेखि महिनादिनसम्म लगातार खेतमा काम गरेर धान रोपाई सक्छन् ।

बास्तविक किसानका लागि यो निक्कै सकसपूर्ण समय हो । तरपनि उनीहरु खुशी हुन्छन् किनकी आज मानो रोपेको बिउले केही महिनामा मुरी उब्जाउँछ ।

घरमा सुनजस्ता धान भित्रिने आशमा उनीहरु बेजोडले मेहनत गर्छन् । किसानका पसिनासँग अन्नको गेडा साटिएको हुन्छ ।

उनीहरुका हात, खुट्टा, जिउ नै थकित हुने गर्दछन् । यसरी मेहनत गरिरहेका किसानका लागि यस्ता तस्विरले पक्कै जिस्क्याएको महसुस त हुन्छ नै । यसलाई धेरैले संस्कृति माथिको बिकृति भनेका छन् ।

आज हामीले सामाजिक सञ्जालमा संस्कृति माथिको बिकृति क्याप्सन, कतै यो एग्रीकल्चर हो कि बिग्रेको कल्चर ? संस्कृति कि बिकृति ? क्याप्सनमा सामाजिक सञ्जालभरी पोष्ट भएको तस्बिर लिएका छौ ।

आजको जनबोलीमा हामी तपाई पाठकबीच आफ्नो विचार राख्नका लागि यो तस्बिर दिएका छौ । तपाई कमेण्टमा भन्न सक्नुहुन्छ यो संस्कृति कि बिकृति

२०७८ श्रावण १७, आईतवार प्रकाशित 1 Minute 248 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार