२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

फेरी अस्ताए अर्का युवा नेता – ‘२७’ वर्षकै कलिलो उमेरमा निधन

dailykhabarnp.com

काठमाडौं-

विवेकशील सझा पार्टीका मुगु जिल्ला संयोजक अजय मल्लको अल्पायूमै निधन भएको छ । संयोजक मल्लको २७ बर्षको अल्पायूमैनिधन भएको हो । कोरोना संक्रमणबाट उनको निधन भएको विवेकशील साझा पार्टी

कर्णाली प्रदेश समितिले जनाएको छ ।
विवेकशील साझा पार्टी कर्णाली प्रदेश समितिले पार्टीले एक वैचारिक योद्धा एवं कुशल संगठक गुमाएको भन्दै

शोक व्यक्त गरेको छ। संक्रमणबाट स्वास्थ्य अवस्था गम्भीर बनेकाले उपचारका लागि सुर्खेत लैजाँदै गर्दा मल्लको बाटोमै मृत्यु भएको थियो ।

विसं. २०७५ देखि पार्टीमा संलग्न रहेका मल्लले जिल्ला संयोजकको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । मल्लको सक्रियताका कारण मुगुमा नगरपालिकादेखि वडा

तहसम्म कमिटी विस्तारमा पार्टीले फड्को मारेको कर्णाली प्रदेश कमिटी सदस्य अनिल शाहीले बताए । राजनीतिमा सक्रिय मल्ल युवा व्यवसायी पनि थिए ।

२०७५ सालदेखि पार्टीमा संलग्न रहेका मल्लको सक्रियतामा मुगुका नगरपालिकादेखि वडा तहसम्म पार्टी कमिटी विस्तार भएको थियो। राजनीतिसँगै मल्ल व्यवसायमा पनि सक्रिय थिए।

२०७८ श्रावण १७, आईतवार प्रकाशित 1 Minute 796 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार