२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

नेपाल,मा भेटियो यस्तो अचम्म को गुफा गाईले पत्ता ल’गायो ,दर्शन गर्न सुतेरै पस्न र निस्कनु’पर्ने पूरा पढेर ॐ लेखी शेर गरौ…

dailykhabarnp.com

गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ । अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गार्ई उसबेला गोठबाटै हराएको थियो ।

गोठबाटै हराएको गार्ई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गार्ई गोठ । सुवोधले धेरै दिनपछि गार्ईको गोठनजिकैको खेतमा आफ्नो गार्ईले धान खाइरहेको सपना देखेका थिए ।

उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गार्ईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गार्ईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन् ।

सुवोध धान खाइरहेको गार्ईनजिक पुग्दा गार्ई हराउँथ्योे । गार्ईधनी दुई÷चार दिन त्यसरी धान खाइरहेको गार्ईको पछि लागेका थिए । गार्ईनजिक पुग्नेक्रममा हराएपछि सुवोधले कता–कता गार्ई कराएको आवाज सुनेका थिए ।

आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गार्ई गुफाभित्र देखिएको थियो । मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गार्ई निकाल्न त्यति सजिलो थिएन ।

एक्लैले गार्ई निकाल्न नसक्ने भएपछि सुवोधले गाउँलेसँग हारगुहार मागे । सहयोगी लिएर गएका सुवोधसँगै गुफा पुगेकामध्ये केहीभित्र पसे र केही बाहिरै बसे ।

भित्रकाले गार्ई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने तर गार्ई निकाल्न सकिएन । गार्ई निकाल्न सहयोग गर्न पुग्नेले भने, “गार्ई निकाल्न सकिँदैन, माया मारौँ ।”

त्यसो भन्दै सहयोगी घर फर्के । गार्ईधनी सुवोध त्यहीँ बसे । आफ्नो गार्ईको माया लाग्नु स्वाभाविकै थियो सुवोधलाई । सुवोधले मनमनै सोचे, “मलाई भगवान्ले छल त गरेन १” सुवोधले मनमनै आराधना गरे ।

पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गार्ई सजिलै बाहिरियो । त्यत्रा सहयोगीसहित निकाल्ने प्रयास गर्दा निकाल्न नसकिएको गार्ई गार्ईधनी सुवोध एक्लैले निकाले ।

पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गार्ई सजिलै बाहिरियो । त्यत्रा सहयोगीसहित निकाल्ने प्रयास गर्दा निकाल्न नसकिएको गार्ई गार्ईधनी सुवोध एक्लैले निकाले ।

त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भन्न थालिएको हो । गुप्तेश्वर महादेव गुफा त्यति पुरानो मानिए पनि यसको प्रचारप्रसार र प्रवद्र्धन भने हुन सकेको छैन ।

एकान्त ठाउँमा रहेको उक्त गुप्तेश्वर महादेव गुफामा बर्खाभन्दा हिउँदमा पर्यटक धेरै आउने गरेको स्थानीयवासीले बताएका छन् । अर्खौले बजारबाट करिब पाँच किलोमीटर दूरीमा रहेको गुप्तेश्वर महादेव गुफा पुग्न ओरालो र फर्कंदा उकालो बाटो पैदल हिड्नुपर्ने हुन्छ ।
गुप्तेश्वर महादेव गुफाको केही माथिसम्म यातायातका सावरी साधन पुग्ने गरेको छ । सडकमा सवारी साधन पार्किङ गरेर करिव १० मिनेट पैदल हिँड्नुपर्छ ।

more news below-

२०७८ आश्विन २, शनिबार प्रकाशित 1 Minute 863 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार