२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

एक मुखे रुद्राक्षको दर्शनले यसरी नसोचे-को ठाउँबाट धन “लाभ” हुन्छ ॐ लेखि एक सेयर गर्नुहोस!!

dailykhabarnp.com

यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ ।

यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ ।

चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।

लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । बोटलाई जडीबुटीको रुपमा लिइएको छ । रुद्राक्ष उत्पत्ति भएको ऐतिहासिक स्थान नै धरानको विजयपुर भनिन्छ । नेपाल अधिराज्यलगायत विश्वमा जति पनि रुद्राक्षका रुखहरु छन् ती सबै धरानको विजयपुरबाटै सारिएको दाबी गरिएको देखिन्छ ।

रुद्राक्षको उत्पत्तिस्थल धरानको विजयपुर मानिए तापनि अधिराज्यका विभिन्न जिल्लामा रुद्राक्ष पाइन्छ । विश्वको सबैभन्दा पुरानो रुद्राक्षको रुख पनि विजयपुरमै रहेको दाबी गरिएको छ । अर्कोतिर कसैले यो वनस्पति म्यानमार, मलेसिया, चीन, मरिसस, न्यूजिल्याण्ड, न्युगिनी, भारत, थाइल्याण्ड, इण्डोनेसियामा पाइन्छन् तथा अस्ट्रेलियाका जंगलमा पनि प्रशस्तै पाइने बताउँदछन् ।

पौराणिक कथानुसार भगवान् शिवले महाबलि दैत्यासुरलाई नाश गर्न लामो समयसम्म चिन्तनमा बस्दा अनि आँखा खोल्दा बगेका आँसुबाट रुद्राक्ष बिरुवा उत्पन्न भएको विश्वास गरिन्छ । पौराणिक कालदेखि नै साधु–सन्त, महात्माहरुबाट यसको उत्पत्ति एवम् महिमाका बारेमा विभिन्न धार्मिक ग्रन्थहरुमा वर्णन भएको पाइन्छ ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित 1 Minute 518 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार